back
CTIZAN AD

अमेरिकामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०७८ मंसिर २० सोमवार

660 

shares

अमेरिका । अमेरिकामा गाडीकोठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।

न्युयोर्कमा बस्ने आङकामी शेर्पाको आइतवार (डिसेम्बर ५) बिहान कामगर्न जाने क्रममा न्युजर्शीमा गाडीको ठक्करबाट मृत्यु भएको हो ।

शेर्पाका जेठा ज्वाई जाङ्गबु शेर्पाका अनुसार न्यूजर्सीस्थित एक इन्धन चौकी(ग्यास स्टेसन )मा कार्यरत उनी ७ बजेदेखि सुरु हुने ड्युटीमा पुग्ने क्रममा बाटो काट्दा गाडीले ठक्कर दिएको हो ।

अमेरिकाका लागि अवैतनिक महाबाणिज्यदूत एसी शेर्पाले पनि शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सोलुखुम्बु स्थायी घर भएका शेर्पा नेपाली कांग्रेस सोलुखोम्बुस्थित टाप्टिङको पूर्व गाविस अध्यक्ष पनि हुन् । शेर्पाको घटनास्थलमै निधन भएको र हाल शव अनुसन्धानको लागि शव परीक्षण केन्द्रमा राखिएको छ ।

दुर्घटना न्युजर्सीको सदक १ (रुट वान)मा उत्तर तर्फ भएको थियो भने दुर्घटनामा परेका चालक अहिले अस्पतालमा रहेका छन् । ज्वाई शेर्पाका अनुसार चालक पनि गम्भीर घाईते भएका छन् । शेर्पा झण्डै एक दशकदेखि परिवारसहित अमेरिका बस्दै आएका थिए ।

वि.सं.२०७८ मंसिर २० सोमवार १९:२८ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...