Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पत्रकार वाग्ले म्युजिक भेडियोमा



wagleसञ्चारकर्मी अनिल वाग्ले म्यूजिक भिडियोमा देखिएका छन् । एक दशक अघि देखि पत्रकारिता क्षेत्रमा व्यस्त झापा बुधबारेका सञ्चारकर्मी अनिल गायिका कमला सापकोटाको ‘अलि अलि’ नामक म्यूजिक भिडियोमा देखिएका हुन् ।

५ फिट ७ इन्च अग्ला र चकलेटी अनुहारका अनिलको डार्लिङ एल्वमको ‘अलि अलि’ गित सांगेतिक यात्राको डेब्यू गीत भएको छ । सानै देखि अभिनयमा रुची राख्ने अनिललाई यो म्यूजिक भिडियोमा मोडल आशा गौतमले साथ दिएकी छिन् । कमेडी कलाकारका रुपमा युवराज न्यौपाने देखिएका छन् भने विनोद गिरीको पनि अभिनय छ ।

‘ मेरो सांगेतिक यात्राको यो डेब्यू गीत हो’ अनिल भन्छन् ‘मेरो क्षमता, सुन्दरतालाई मध्यनजर गरेर अवसर दिने गायिका कमला सापकोटालाई कहिल्यै विर्सिने छैन ।’

‘मोडल बन्न सजिलो छैन, मैले अनिल जीमा मोडल बन्नका लागि परफेक्ट क्वालिटी देखें, हाम्रो टिमकै च्वाइजमा उहाँले यो फिल्डमा डेब्यू पाउनुभएको हो’ गायिका सापकोटाले भनिन् ‘ लगनशिल, मेहनती भएर लागे यो फिल्डमा उहाँको सम्भावना बलियो छ ।’

म्युजिक भिडियो निर्देशनमा अब्बल मानिएका निर्देशक रायन कार्कीको निर्देशनमा बनेको सो म्यूजिक भिडियो रोमान्टिक र कमेडी मिक्स भएको म्युजिक भिडियो रहेको गायिका सापकोटाले बताएकी छिन् । संगीत तथा शब्द रचना स्वयं गायीका सापकोटाकै रहेको गीतमा राजेन्द्र सुवेदीको एरेन्जमेन्ट, संजीव सुब्बाको गीतार, विपी सिंहको ढोलक, तबेला रहेको छ भने यस गीतलाई श्याम नेपालले माष्टरिङ गरेका छन् । भिडियोमा सिमा गुरुङको श्रृंगार, सुमित नेपालीको छायांकन तथा गायीका स्वयं सापकोटाकै कोरियोग्राफी रहेको छ ।

डार्लिङ एल्बममा समाविष्ट यस गीत तथा भिडियोलाई म्युजिक ज्योय मिडियाले बजार व्यवस्थापन गरेको छ ।

गायिका सापकोटाले पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो बजारमा ल्याइरहेकी छिन् ।