back
CTIZAN AD

लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गर्न चार समिति गठन

वि.सं.२०७३ फागुन २३ सोमवार

825 

shares

२३ फागुन,काठमाडौँ  । उद्योग मन्त्रालयले लगानी सम्मेलनबाट लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गर्न चार समिति गठन गरेको छ । सम्मेलन फागुन १९ र २० गते काठमाडौंमा सम्पन्न भएको थियो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले देखाएको इच्छालाई कार्यान्वयन गर्न आफ्नै अध्यक्षतामा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव सदस्य रहेको २१ सदस्यीय ‘विदेशी लगानीसम्बन्धी उच्चस्तरीय समिति’ गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा वाणिज्य, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, उद्योग राज्यमन्त्री, उद्योग, वाणिज्य, ऊर्जा, पर्यटन, अर्थ मन्त्रालयका सचिवलगायत २१ सदस्य रहेका छन् ।

यसैगरी राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी नीतिसम्बन्धी उपसमिति गठन गरिएको छ । जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थ, पर्यटन मन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन् ।

यस्तै उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा विदेशी लगानी प्रवद्र्धन उपसमिति गठन गरिएको छ । जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थमन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन् ।

यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विदेशी लगानीसम्बन्धी परियोजना उपसमिति गठन गरिएको छ । जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थमन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन् ।

सम्मेलनमा मन्त्री जोशीले लगानी प्रवद्र्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्वार नीतिको कार्यान्वयनलाई यथाशीघ्र अगाडि लैजाने गरी प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

उहाँले लगानी सम्मेलनमा नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्ने लगानीकर्तालाई धन्यवाद दिँदै लगानीकर्तासँग निरन्तर समन्वय गरी जतिसक्दो चाँडो लगानी भित्र्याउन गठित समिति तथा उपसमितिले आजैबाट काम सुरु गरेको बताउनुभयो । रासस

वि.सं.२०७३ फागुन २३ सोमवार १४:४९ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...