२७ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्चार गरेको छ । बैंकले मंसिर २६ गते काठमाडौंको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए । समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरेका थिए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १३:४३ मा प्रकाशित





























