back
CTIZAN AD

नेपाली कांग्रेसको मत गणना जारीः १५०६ मत ल्याएर देउवा अगाडि, अन्य कसले कति ल्याए त ?

वि.सं.२०७८ मंसिर २८ मंगलवार

753 

shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

शुक्रवारदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार नेताहरुको नाममा खसेको मत गणना जारी रहेको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतगणनामा ८ बजेसम्म गरिएको गणनामा ३२८ मतले सभापतिका उम्मेदवार शेरबहादुर देउवा अगाडि रहेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्मको मतगणनामा देउवाले १५०६, शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।

सोमबार खसेको ४ हजार ६७९ मत मध्ये हाल सभापतिका उम्मेदवारको नाममा खसेको मात्र मत गणना भइरहेको छ । कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले कूल खसेको मतमध्ये ५० प्रतिशत कटाएमा अर्थात् २३४० मत ल्याएमा विजयी हुनेछन् ।

मत गणना अनुसार सभापतिको उम्मेदवार रहेका ५ जनामध्ये देउवा र कोइरालाबीच नै मुख्य प्रतिस्पर्धा भएको ेदखिन्छ । यदी देउवा वा कोइरालामध्ये कसैले पनि २३४० मत प्राप्त गर्न सकेनन् भने सभापतिका लागि पुनः मतदान हुनेछ ।

नेपाली कांग्रेसको मतगणना जारी, कोईराला भन्दा देउवा अगाडि

वि.सं.२०७८ मंसिर २८ मंगलवार ०८:०९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...