Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

हठ त्याग्नै पर्छ अब



nilkathna-tiwari---madeshi-article

 

हामी नेपालीको जनवोलीमा एउटा उखान छ “अति भए खति” हुन्छ । अहिले राष्ट्रमा बढ्न थालेको अतिले खतीका प्रारुपहरु देखाइसकेको छ । यो अतिलाई समयमै रोक्न नसक्ने हो भने देशले भयावह स्वरुपका थप खति व्यहोर्न बाध्य हुनेछ । सप्तरीका ३ भाइको अनावश्यक कुर्वानीलाई अतिवादले भद्दा रुपमा उपयोग गर्नेछ र मुलुक थप हिंसातर्फ उद्धृत हुनेछ । यदि समयमै वा मिनेट र घण्टाका हिसाबमा सबैले आत्मसमिक्षा गर्नसके यो घटनालाई पाठ मानेर मुलुकले नयाँ सहमतिको अभ्यास पनि गर्न सक्नेछ । लामो द्धन्द्ध र हिंसाका घाउँहरु सुक्न नपाएको स्थितिमा मुलुकले कुनै पनि बहानामा अराजकता र उत्तेजना सहन गर्न तथा अनावश्यक हिंसा स्विकार्न सक्ने स्थिति छैन ।

प्रधानमन्त्री प्रचण्डले “प्रहरी प्रशासनलाई संयम हुन भन्दा भन्दै यस्तो घटना हुन पुगेको” भनि समाचार माध्यमहरुले लेखिरहेका पनि छन् । त्यसो त कतिपयले प्रचण्ड नेतृत्वको माओवादीले काठमाडौंमा गरेको ६ दिने आन्दोलन तुहाउन एमालेको सट्टा फर्काएको जस्ता कडा टिप्पणी पनि आएका छन् । जसले जे जस्ता टिप्पणी र आशंका गरेपनि फागनु २३ गते सोमबारको सप्तरी घटना नेपालको इतिहासमा दुःखद दुर्दान्त भने बनेको छ ।

सप्तरीमा जे भयो त्यो घटना देशका लागि निकै पीडाको विषय बनेको छ । मृतकहरुको जीवन सकियो । मृतकका परीवारलाई सहनै नसक्ने बाध्यता आइपर्यो भने “नेपाल र नेपाली” को भावमा रहने गरेका आम देशवासीलाई यसले संवेदनशील पनि बनायो । यसका माध्यमबाट “शव राजनीति” का प्रयत्न पनि शुरु भैसकेको छ । मधेश बन्दका कार्यक्रम घोषणा भइसकेका छन् । राजविराजमा अनिश्चितकालिन कफ्र्युको ऐलान गरिएको छ । घटनाको जिम्मा कसले लिने भन्ने विषयमा आरोप र प्रत्यारोपहरु बढिरहेका छन् । मधेशवादी दलहरुले घटनाको जिम्मा एमालेले लिनुपर्ने भनाई अगाडि सारेका छन भने एमालेले मधेशवादीलाई नै किटानी गरेको छ । घटनाको जिम्माका विषयमा मधेश पृष्ठभूमिका कांग्रेस नेता उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी हुँदै प्रधानमन्त्री प्रचण्डसम्म जोडिएका टिप्पणीहरु आइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले “प्रहरी प्रशासनलाई संयम हुन भन्दा भन्दै यस्तो घटना हुन पुगेको” भनि समाचार माध्यमहरुले लेखिरहेका पनि छन् । त्यसो त कतिपयले प्रचण्ड नेतृत्वको माओवादीले काठमाडौंमा गरेको ६ दिने आन्दोलन तुहाउन एमालेको सट्टा फर्काएको जस्ता कडा टिप्पणी पनि आएका छन् । जसले जे जस्ता टिप्पणी र आशंका गरेपनि फागनु २३ गते सोमबारको सप्तरी घटना नेपालको इतिहासमा दुःखद दुर्दान्त भने बनेको छ ।

२०५४ देखि हुन नसकेको स्थानीय चुनावको मिति घोषणा भैकन निर्वाचन तालिका समेत सार्वजनिक भैसकेको छ । कार्यकारी प्रधानमन्त्रीदेखि मन्त्री, सांसदहरु र सरकारी निकाय मात्र होइन गैरसरकारी क्षेत्र पनि आचारसंहिताबाट प्रभावित बन्न पुगेको बेला देशको एक प्रमुख दलले मेची–महाकाली अभियान शुरु गरेको छ । लोकतन्त्रको संस्थागत विकास तथा हिमाल–पहाड–तराइ वीचको सद्भाव वृद्धिलाई नै केन्द्र बनाएर अभियान सुरु गरेको एमाले स्वयमले यस प्रकारका घटना व्यहोर्नु पर्छ भन्ने सोँचेको पनि थिएन होला ।

मेची–महाकाली अभियानमा अघि बढेको एमालेका मुख्य नेताहरुले “छुचो बोलेको” कारण नै घटना घट्न पुगेको पनि भनिएको छ । एमालेजस्तो जिम्मेवार दलले स्थानीय तहको घोषणा र आचारसंहिता लागु भएको स्थितिमा यस्तो ठूलो कार्यक्रम रोकेको भए घटना हुदैनथ्यो की भन्ने टिप्पणी पनि आएका छन् । भड्कावलाई सघाउ पु¥याउने खालका बचन र बाण प्रयोग नगरेको भए यस्तो हुँदैनथ्यो की भन्ने प्रतिक्रिया सार्वजनिक भएका छन् । पूर्वघोषित कार्यक्रम नै भएपनि पछिल्लो स्थिति बारे अलिकति अध्ययन र पुनरावलोकन गर्दा केही विग्रन्नथ्यो की ! स्थानीय निर्वाचन घोषणा भएको तर संविधान संशोधनको एजेण्डा थन्किरहेको बेलालाइ राम्रोसँग जाँच्न एमालेले सकेन की ? “मधिसे विरोधी” भनेर लान्छना खेपिरहेको एमालेले प्रयाप्त गृहकार्य नसकेको हो की ! यस्ता कुरामा एमालेले विचार पु¥याउनु पर्दथ्यो भन्ने जनआवाज पनि निकै बलियो छ । प्रश्न त्यतिमात्र होइन, “ओलीले कतै बालहठ” देखाए की ! भन्ने सम्म आएको छ ।

संविधान जनमतका आधारमा फेरिदै जाने दस्तावेज हो भन्ने कुरा लोकतन्त्र मान्ने सबैलाई थाहा हुने भएकाले मधेसवादी नेताहरुको ढीपी रुपान्तरीत हुनै पर्दछ । के मधेस र पहाड फरक हो वा मधेसी र पहाडी फरक–फरक राष्ट्रका समुदाय हुन ? के मधेसवादी नेताहरुले आफ्नो जिम्मेवार संस्कृति देखाउन सक्तैनथे ?, हिजो एमालेलाई मित्र शक्ति मान्ने मधेसवादी दलले संविधान शंसोधनको प्रस्ताव पारित गराउन एमालेसँग मित्रवत पहलकदमी बढाउने प्रयत्न किन गरेनन् ? आफ्नो अनुकुल र स्वार्थमा मुलधारका पार्टी र नेताहरुले टुल्सको रुपमा प्रयोग गर्न खोज्दै आएको कुरालाई मधेसवादी नेतागणले किन बुझ्न सकेनन् ? मधेसवादी नेताहरुबाट यी प्रश्नको उत्तर आम नेपालीले खोजेका छन् ।

उता मधेसवादी दलहरुले “नेपाल” राष्ट्रको ऐतिहासिकता, यहाँको राष्ट्रप्रेम, निष्ठा र समपर्णलाई अन्यथा अर्थ लगाएर पहाडियाहरु मधेस विरोधी हुन भन्ने भाव संप्रेषण गर्न हुँदैनथ्यो । एमालेको गृहकार्यमा प्रश्न उठाएपनि आमसभा विथोलेर भिडन्त निम्त्याउने स्थिति पैदा गर्ने काममा मधेशवादी नेताहरु प्रष्टै जिम्मेवार छन् । “हामिले विरोध नगरेको, जनताको तहबाट प्रकट भएको” भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएर लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने वातावरण कुनै हालतमा पैदा हुन दिनुहुँदैनथ्यो । के मधेस भनेको २–४ जना मधेसवादी ठालु नेताहरुको विर्ता हो ? भन्ने तहसम्मका प्रश्न उब्जन दिनुहुँदैनथ्यो । राजविराजको रंगशालामा विरोध हुने देखेपछि औद्योगिक क्षेत्रमा सारेर कार्यक्रम गर्दा पनि लखेटेरै छाड्ने धृष्टता मधेसवादीहरुले राख्नु हुँदैनथ्यो । आफूलाई लोकतान्त्रिक ठान्ने मधेसवादी नेताहरु कुनै पनि बहानामा अतिवादमा उत्रन हुँदैनथ्यो । नेपाललाई स्थिर, शान्त र समृद्ध पार्न नचाहने “भित्रैका बाहिरीया” र “बाहिरका भित्रिया” हरुको उक्साहटमा मधेसवादी नेताहरु कत्तिपनि उत्तेजित हुनुहुँदैनथ्यो । समृद मुलुकको नागरिक बन्न चाहेका मधेसका उत्पीडित जनताबाट मधेसवादी दलका बर्तमान नेता पनि अनुमोदित हुनैपर्ने टड्कारो रहेको बेला संविधान कार्यान्वयनतर्फ नेताहरु उदासिन हुनु हुँदैनथ्यो । संविधान जनमतका आधारमा फेरिदै जाने दस्तावेज हो भन्ने कुरा लोकतन्त्र मान्ने सबैलाई थाहा हुने भएकाले मधेसवादी नेताहरुको ढीपी रुपान्तरीत हुनै पर्दछ । के मधेस र पहाड फरक हो वा मधेसी र पहाडी फरक–फरक राष्ट्रका समुदाय हुन ? के मधेसवादी नेताहरुले आफ्नो जिम्मेवार संस्कृति देखाउन सक्तैनथे ?, हिजो एमालेलाई मित्र शक्ति मान्ने मधेसवादी दलले संविधान शंसोधनको प्रस्ताव पारित गराउन एमालेसँग मित्रवत पहलकदमी बढाउने प्रयत्न किन गरेनन् ? आफ्नो अनुकुल र स्वार्थमा मुलधारका पार्टी र नेताहरुले टुल्सको रुपमा प्रयोग गर्न खोज्दै आएको कुरालाई मधेसवादी नेतागणले किन बुझ्न सकेनन् ? मधेसवादी नेताहरुबाट यी प्रश्नको उत्तर आम नेपालीले खोजेका छन् ।

सत्तामा नहुँदा मधेशवादीलाई उचाल्ने गरेको कांग्रेस सत्तामा हुँदा पनि त्यो आरोपबाट मुक्त छ भन्न सकिदैँन । उपप्रधान तथा गृहमन्त्री सम्हालेका विमलेन्द्र नीधि स्वयंम मधिसे समुदायका ठूला नेता पनि हुन् । “नेता विशेषले गुट विशेषलाई उपयोग गर्ने” कांग्रेसको मधेस रणनीति विचार र प्रष्टतामा आधारीत छैन । नेपाली कांग्रेसले आफूलाई सहि रुपमा स्पष्ट पार्न नसक्नुले पनि मधेस गडबडमा सघाएको छ भन्न सकिन्छ । त्यसैगरी “वर्ग र विचारका प्रश्न ओझेलमा पारेर जातियता र क्षेत्रियतालाई बढावा दिएको” आरोपबाट माओवादी पनि मुुक्त हुन सकेन । सत्ता गठबन्धनको नेतृत्व गरेको माओवादी केन्द्रले आफू स्वयंमलाई समेत पुनरावलोकन गरेर मधेसका उत्पीडित समुदायको विश्वास जित्ने कोशिष गर्नुपर्दथ्यो, यस विषयमा माओवादी केन्द्रले पनि समीक्षा गर्न जरुरी छ ।

मधेस विरोधी र पहाडे विरोधीका रुपमा एकले अर्कोलाई उभ्याएर कसैलाई लघारीहाल्ने प्रयास किमार्थ सार्थक हुन सक्तैन । घटनाको दोष एकले अर्कोलाई लगाएर उत्तेजना बढाउने काम कहि कतैबाट हुनु हुँदैन । प्रहरी प्रशासनले स्थितिको जटिलता बुझेर सुरक्षाका अन्य उपाय अबलम्बन नगरी “टाउँकोमै गोली” हानेको समाचार पनि प्रकाशित भएका छन् । यो घटनाको प्रभाव र परीणामबाट जिम्मेवार राजनैतिक दल, प्रशासन नागरिक समाज, मेडिया र सर्वसाधारणलाई ठूलो पाठ मिलेको छ ।
तथापि यो बहानामा देश अल्झिनु हुँदैन । निर्वाचनको मिशनमा रहेको मुलुकले व्यर्होर्न नपर्ने घटना सह्यो । बखेडा र बहाना निकालेर वा खोजेर चुनाव रोक्ने प्रपंचलाई बुझ्दै अस्थिरता र अराजकतामा च्यापिएको देशलाई अगाडि बढाउनै पर्छ ।

देशको मर्म र आवश्यकतालाई बोध नगर्नेहरु राष्ट्रवादी हुन सकिदैन । राष्ट्रलाई माया नगर्नेहरुले कति दिन ढाट्न सक्छन र जनतालाई ? राष्ट्रको आवश्यकता र हीतका खातिर इगो, हठ र दंभ सबैले छाड्नै पर्छ । हिमाल– पहाड– तराइ, कोही छैन पराइ अनि हामी सबै नेपाली ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको