back
CTIZAN AD

स्कुल विभागलाई व्यवस्थित बनाउँदै माओवादी केन्द्र, नेता बन्न निश्चित तहकाे पाठ्यक्रम पास गर्नुपर्ने

वि.सं.२०७८ पुस ६ मंगलवार

711 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तीन तहका पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कुल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो ।

बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिकास्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कुल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने, पार्टी कार्यदिशाको सम्प्रेषणलाई केन्द्रमा राखेर स्कुलको काम गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाहरूको अध्ययन गरी मार्क्सवादी दृष्टिकोण तयार पार्ने बैठकको निष्कर्ष छ ।

अनुसन्धानलाई योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा स्कुलका लागि आवश्यक संरचना र पार्टीका जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्थाका विषयमा छलफल भएको थियो ।

वि.सं.२०७८ पुस ६ मंगलवार १२:५० मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...