back
CTIZAN AD

राणाको चेतावनी लत्याएर आन्दोलनमा उत्रियो नेपाल बार, थप सशक्त बनाउने घोषणा

वि.सं.२०७८ पुस ६ मंगलवार

696 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालत परिसरमा माइक र नाराबाजी नगर्न दिएको चेतावनीलाई लत्याउँदै कानून व्यवसायी आज पनि आन्दोलनमा उत्रिएका छन् । कानून व्यवसायीहरुले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएका छन् ।

नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शनबाट पछाडि नहट्ने चेतावनी दिए । धर्नामा बोल्दै उनले राणाले राजीनामा नदिँदासम्म कानून व्यवसायी पछाडि नहट्ने स्पष्ट पारे ।

प्रधानन्यायाधीश राणाले सोमबार नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णंमान शाक्यलाई फोन गरेर अदालत परिसरमा होहल्ला नगर्न चेतावनीपूर्णं भाषाका निर्देशन दिएका थिए । राणाले कानून व्यवसायीको नाराबाजीले सर्वोच्चका सेवा प्रभावित भएको जिकिर गरेका थिए ।

राणाले सर्वोच्च प्रशासनलाई मंगलबारदेखि नै अदालतलाई शान्त बनाउन निर्देशन गरेका थिए । जसको निर्देशनपश्चात सुरक्षाकर्मीहरुले पनि माइकको प्रयोग नगर्न भनेको थियो ।

बार गत कात्तिक ११ देखि निरन्तर आन्दोलनमा छ । बारले राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताइरहेको छ । तर, राणाले भने निरन्तरको आन्दोलनलाई वेवास्ता गर्दै आएका छन् ।

वि.सं.२०७८ पुस ६ मंगलवार १२:३९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...