काठमाडौं । नेपाल बुद्धिजीवी संगठनको सबै पालिकामा संगठन संयन्त्र बनाउने उद्धेश्य अनुरुप प्रदेश नम्बर १ को मोरङ जिल्लाका सबै पालिकामा संगठन निर्माण अभियान सुरु भएको छ ।
नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष पशुपति नेपालको प्रमुख उपस्थिति तथा मोरङ जिल्ला संयोजक शैलेन्द्र कटुवालको अध्यक्षतामा मोरङका अगुवा बुद्धिजीवीहरुको बैठकले सो निर्णय गरेको हो ।
१७ वटै पालिकामा संगठन विस्तार गर्ने उद्धेश्यले उर्लावारी, मिक्लाजुङ, लेटाङ र केराबारीसहित निर्वाचन क्षेत्र १ मा शैलेन्द्र कटुवाल, रंगेली, रतुवामाई, सुनवर्सि, कानेपोखरी सहितको क्षेत्र नं २ मा मनिष सोनी, पथरी, सनिश्चरे, कानेपोखरी, सुन्दर हैरैचा, बेलवारी, सहित क्षेत्र नं ३ मा रवि रोका, विराटनगर, कटहरि, ग्रामथान, वेलवारी, सहित ४ नं क्षेत्रमा डा. अजयराज भट्टराई र मोहन ढकाल, विराटनगर, जहदा, धनपाल, र रंगेलीसहित ५ नं क्षेत्रमा महेन्द्र प्रसाद मण्डल र रविन्द्र शाह रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर ६ का बुढी गंगा, सुन्दर हरैचा, विराटनगर, लगायतमा संगीता पोखरेल र घनश्याम शर्मालाई जिम्मेवारी दिइएकमो पशुपति नेपालले जनाएका छन् ।
नेपालका अनुसार प्रदेश १ का सबै जिल्लामा यसरी नै संगठन अभियान अघि बढाइने भएको छ ।
वि.सं.२०७८ पुस ६ मंगलवार १४:१५ मा प्रकाशित






























