काठमाडौं । ललितपुरका सबै स्थानीय तहबाट छानिएका बुद्धिजीवीह्रुले संगठनको ललितपुर जिल्ला समन्वय समिति गठन गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा बुद्धिजीवी फ्याक्सन इन्चार्ज दीनानाथ शर्माको प्रमुख आतिथ्यता, नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसी तथा (माओवादी केन्द्र) ललितपुरका संयोजक राजकाजी महर्जनको विशिष्ठ आतिथ्यतामा सम्पन्न सो समन्वय सम्मेलनले प्रेमसिं महर्जनको अध्यक्षतामा समिति गठन गरेको हो ।

प्रेमसिं महर्जनको सभापतित्व, अर्जुन मर्हजनको संचालन र लक्ष्मी बहादुर महर्जनको स्वागत मन्तव्यबाट शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै माओवादी नेता दीनानाथ शर्माले बुद्धिजीवी संगठनलाई बौद्धिकहरुको प्रभावकारी संगठन बनाउन निर्देशन दिएका थिए भने संयोजक कृष्ण केसीले संगठनको विकासक्रम र अभिभारा बारे धारणा राखेका थिए ।
कार्यक्रमको अर्का वक्ता राजकाजी महर्जनले पार्टीलाई बलियो बनाउन बुद्धिजीवीहरुको आलोचनात्मक चेतसहितको सक्रियता जरुरी भएको बताएका थिए । कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार प्रा.डा अमन श्रेष्ठले पार्टी र आन्दोलनका विकृति सुर्धान तथा बुद्धिजीवीहरुको सहि उपयोग गर्न जरुरी भएको बताएका थिए ।
अमन श्रेष्ठ, भीमसेन गौतम र राजमान श्रेष्धठ रहेको निर्वाचन समितिले ५१ सदस्यीय कार्यसमिति घोषणा गरेको थियो । संगठनका अनुसार सो संगठनको अध्यक्षमा प्रेमसिं महर्जन, उपाध्यक्षमा अर्जुन महर्जन, लक्ष्मि बहादुर महर्जन, जानकी न्यान्छ्यो, मूरली घिमीरे, सचिवमा सानु शाक्य, सहसचिवमा धन बहादुर तिमिल्सीना, खड्ग सोनम र रत्नकुमार घिसीङ तथा कोषाध्यक्षमा जयराम महर्जन रहेका छन् ।

यसैगरी सदस्यहरुमा रविन्द्र गजुरेल, हिरा बहादुर महर्जन, राजमुकुट भुसाल, ईश्वर अमात्य, वेदनीधि घिमिरे,साबित्रि केसी, जयन्ती शुक्ल, महन्त महर्जन, दील बहादुर महर्जन, डा कमल थिंग, लीलाराज आचार्य, टिकादत्त शिवा, राम श्रेष्ठ, अरुण कुमार श्रेष्ठ, जनक घलान, राज कपुर नापित,मोहन कृष्ण श्रेष्ठ, रत्न कुमार घिसिंग,रामचन्द्र आचार्य, बिध्या.शर्मा, जयन्ती शर्मा, रत्न तण्डुकार, बिदुर कुंवर,गौतम महर्जन, सुरेन्द्र महर्जन, श्याम लामा, प्रविण शुक्ल, रामेश्वर देशार, राजु खडका,शारदा श्रेष्ठ र मन्दिरा अमात्य लगायत रहेका छन् ।
नेपाल बुद्धिजीवी संगठनका वागमती प्रदेश संयोजक भरत शर्मा, प्रदेश कार्यालय सदस्य इन्दिरा चौलागाईँ, प्रदेश सचिव भरत गौतम लगायतको उपस्थिति रहेको सो सम्मेलनमा केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारीले बधाईसहित तत्कालिन अभिभारा संप्रेषण गरेका थिए भने बागमती प्रदेश इन्चार्ज भीमसेन गौतमले सपथ ग्रहण गराएका थिए ।
वि.सं.२०७८ पुस ६ मंगलवार १४:२४ मा प्रकाशित






























