back
CTIZAN AD

त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ पुस ८ बिहीवार

681 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले आफ्ना कर्मचारीहरु विभिन्न राजनैतिक निर्वाचनमा उम्मेदवार बनेको भन्ने समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वविद्यालयले विहिबार एक सूचना जारी गर्दै  विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक वा कर्मचारीलाई राजनैतिक दलको कुनै पनि कार्यमा सहभागी वा संलग्न नहुन  यसअघि नै सूचित गरेकोमा यस्ता समाचार आउनु आपत्तिजनक भएको जनाएको छ ।

‘विश्वविद्यालयले आफ्नो शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५०को नियम ६७मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुनेः शीर्षक अन्तर्गत शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिई वा नलिई राजनैतिक निर्वाचनमा उम्मेदवार बन्नु हुँदैन  र राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक निर्वाचनमा भाग लिन भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पूर्व नै विश्वविद्यालय सेवाबाट राजिनामा गर्नु पर्ने भन्ने व्यवस्थाको बारेमा बोध हुँदा हुँदै विश्वविद्यालयमा कार्यरत केही शिक्षक कर्मचारीहरु विगत केहि समय देखि विभिन्न राजनीतिक दलहरुको  विधान बमोजिम विभिन्न पदमा निर्वाचनका लागि उम्मेदवारको रुपमा खडा हुने, महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिएको भनि विभिन्न पत्रपत्रिकाहरु र सामाजिक सञ्जालमा समेत समाचार प्रकाशित भएको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ ।’

विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक वा कर्मचारीलाई राजनैतिक दलको कुनै पनि कार्यमा सहभागी वा संलग्न नहुन सूचित गरेको छ । विश्वविद्यालयले त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित भएमा त्रि.वि.नियम अनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख गरेको छ ।

No description available.

वि.सं.२०७८ पुस ८ बिहीवार ११:२६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...