काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मत गणना कार्यक्रम लगभग अन्तिम चरणमा पुगेको छ ।
हालसम्म १३ पदाधिकारीसहित विभिन्न कलस्टर, खुला पुरुष, खुला महिला, मुस्लिम महिला, मुस्लिम खुला, मधेसी खुला, मधेसी महिला, अपांगता भएका, थारु खुला, थारु महिला अल्पसंख्यक खुला, पिछडिएको क्षेत्र प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको भूगोलतर्फ गरी पदाधिकारीसहित ८४ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनको मत परिणाम अनुसार हालसम्म १३ पदाधिकारीमध्ये सभापतिमा शेरबहादुर देउवा, २ उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, २ महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, ८ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ’डिना’ जीवन परियार, भिष्मराज आङदेम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव,फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे रहेका छन् ।
यी हुन् ३५ खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरु
निर्वाचन समितिका अनुसार खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा शसांका कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरी खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ्ग लामा, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्र प्रसाद बडु, डा. रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पदमनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर आमात्य, अजय बाबु शिवाकोटी, गणेश लामा,. दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, डा. गोपाल दहीत र कृष्णकिशोर घिमिरे रहेका छन् ।
यी हुन् खुला महिला केन्द्रीय सदस्यहरु
नेपाली कांग्रसको १४ औं महाधिबेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको सोमबार बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार महिला आरक्षण कोटाबाट ९ जना महिला निर्वाचित भएका हुन् ।
जसमा डिला संग्रौला पन्त, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही विजयी भएका छन् ।
यी हुन् प्रदेशबाट विजयी हुनेहरु
त्यसैगरी प्रदेश १ बाट महिला केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बु, र खुला सदस्यमा अमृत अर्याल राजिव कोइराला, प्रदेश २ बाट महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव, खुला सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, बागमती प्रदेशबाट महिला केन्द्रीय सदस्यमा उर्मिला नेपाल केसी र खुला सदस्यमा ध्यानगोविन्द रञ्जित र राजन केसी, गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्याल तिवारी, खुला सदस्यमा ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेल, लुम्बिनी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा शिला शर्मा खड्का र खुला सदस्यमा देबेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट महिला खुला सदस्यमा जानकी सिंह र खुला सदस्यमा कर्णबहादुर बुढा र राजीवविक्रम शाह, सुदूरपश्चिमबाट महिला सदस्यमा सुशीला मिश्र भट्ट, खुलाबाटयज्ञराज जोशी र डा रणबहादुर रावल निर्वाचित भएका छन् ।
त्यसैगरी अपङ्गतातर्फबाट केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ, सदस्य अल्पसंख्यकबाट खुला केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार, केन्द्रीय सदस्य मधेशी महिलाबाट नागिना यादव,मन्जुकुमारी, मिनाक्षी झा र मुक्ताकुमारी यादव, मधेशी खुला केन्द्रीय सदस्यमा अजयकुमार चौरासिया, दिनेशकुमार यादव, महेन्द्र कुमार राय, विनोदकुमार चौधरी, डा चन्द्र मोहन यादव रहेका छन् ।
मुस्लिम महिलाबाट केन्द्रीय सदस्यमा जावेदा खातुन जागा र मुस्लिम खुलाबाट अब्दुल रज्जाक र अब्दुल सतार, थारु महिलाबाट केन्द्रीय सदस्यमा कल्पना चौधरी र जीवन राना, थारु खुलाबाट योगेन्द्र चौधरी र रामजनम चौधरी, पिछडिएको क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा अर्जुनजंगबहादुर शाही रहेका छन् ।
त्यसैगरी दलितमा महिला ४, दलित खुलाबाट ५, आदीवासी जनजाती महिलाबाट ७, आदीवासी जनजाती खुलाबाट ८ खस÷आर्य महिला ६ र खुलाबाट ७ जना गरी ३७ केन्द्रीय सदस्यहरुको मत परिणाम आउन बाँकी रहेको छ ।
संस्थापन पक्षले ल्यायो बहुमत
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम अनुसार हालसम्म शेर बहादुर देउवा पक्षको बहुमत देखिएको छ । जसमा पदाधिकारी सहित ७३ जना संस्थापन पक्षका विजयी भएका छन् ।
्
वि.सं.२०७८ पुस ८ बिहीवार १५:०८ मा प्रकाशित






























