काठमाडौं । पार्टी विभाजनको चार महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा)मा अर्को खटपट सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच गहिरो गरि मतभेद देखिन थालेको छ । दुई अध्यक्षबीचको विवाद सार्वजनिक रुपमै पनि प्रकट हुन थालेको देखिन्छ ।
मन्त्री छनोटका विषयमा तत्कालिन समयदेखि नै उठेको विवाद अहिले एमसीसी सम्झौतामा अनुमोदनको विषयमा प्रकट भएको हो । सम्झौता अनुमोदनको विषयमा यादव एकातिर र भट्टराई अर्कोतिर देखिएका छन् । भट्टराई सम्झौतालाई जसरी पनि पास गर्नुपर्ने अडानमा देखिएका छन् भने यादव मौन रुपमा विरोधमा उत्रिएका छन् । यता वरिष्ठ नेता अशोक राई भने विवादमा मौन देखिएका छन् ।
यादवले विशेषतः एमसीसीको पक्षमा पार्टीले सामूहिक छलफल गरि धारणा बनाउनुपर्छ भनिरहेका थिए । तर, पार्टीभित्र छलफल नै नचलाई व्यक्तिगत रुपमा एमसीसीको वकालत गर्न थालेपछि यादव असन्तुष्ट बनेका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको भनाइसँग सहमत जस्ता देखिएका यादव स्पष्ट रुपमा भने खुलेका छैनन् । तथापी यादवले एमसीसीका कतिपय प्रावधानप्रति छलफल गरिनुपर्ने भनाई राखिरहेका छन् ।
एमसीसीको विषयमा भट्टराईले खुल्ला रुपमै एकल बहस चलाउन थालेपछि दुईबीच दुरी थप बढ्ने अवस्थामा पुग्यो । जसपाकै नेताहरुले बताएअनुसार पछिल्लाे समय दुई अध्यक्षबीच भेटघाट र कुराकानी पनि निकै कम हुन थालेको छ । साथै दुई नेताबीच मञ्च पनि शेयर हुन छोडेको छ ।
विवाद बढेसँग भेटघाट र छलफल रोकियो
दुई अध्यक्षबीच तत्कालिन समय मन्त्री छनोटको विषयमै विवाद उठेको थियो । मन्त्री छनोट गर्दा सहमतिमा गरिनुपर्ने भट्टराईको भनाईलाई यादवले लत्याएका थिए । जससँगै भट्टराई यादवसँग टाढिए ।
एमसीसीको विषयमा भट्टराईले खुल्ला रुपमै एकल बहस चलाउन थालेपछि दुईबीच दुरी थप बढ्ने अवस्थामा पुग्यो । जसपाकै नेताहरुले बताएअनुसार पछिल्लाे समय दुई अध्यक्षबीच भेटघाट र कुराकानी पनि निकै कम हुन थालेको छ । साथै दुई नेताबीच मञ्च पनि शेयर हुन छोडेको छ ।
दुई नेताबीचको दुरी बढेसँगै पछिल्लो समय गठबन्धनको बैठकमा शीर्ष नेताहरु हुने छलफलमा जसपाको एकल धारणा जान रोकिएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १३:०५ मा प्रकाशित






























