back
CTIZAN AD

एनआरएनए जापानको पूरानै कमिटीलाई मान्यता दिन माग (विज्ञप्तिसहित)

वि.सं.२०७८ पुस ९ शुक्रवार

810 

shares

जापान । गैरआवासीय नेपाली संघ (एनआरनए) जापानको २०१९-२०२१ कै कमिटीलाई मान्यता दिन माग गरिएको छ ।

एनआरएनए जापानको गत जुलाई ३० मा भएको निर्वाचन निष्पक्ष नभएको भन्दै निष्पक्ष रुपमा पुनः निर्वाचन नहुन्जेलसम्मका लागि २०१९–२०२१ कै कार्यसमितिलाई निरन्तरता दिन माग गरिएको हो ।

उक्त कार्य समितीकी कावा अध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा, सचिवद्धय टिकाराम खरेल, विष्णु प्रसाद घिमीरे, सहकोषाध्यक्ष सचिन श्रेष्ठ, क्षेत्रिय सचिव विकाश बस्नेत र सदस्यहरु जीवन कुमार गुरुङ, सुरेश गिरी, राजेश खनाल, नृप बुढा, शिबु थापा, राम खड्काले एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेका हुन् ।

‘२०२१ जुलाई ३० मा एनआरएनए जापानको निर्बाचन एउटा गलत ढंगले एम आइ एस सिस्टमको दुरुपयोग, कम्प्युटर सेटिङ, भारत उडिसा राज्यबाट अबैद्य मतदान, विद्यार्थीहरुलाई गैरकानुनी रुपमा मतदान गराएर विद्यार्थी भाइबहिनीहरुको मतको दुरुपयोग, १७०० भोट नक्कली मतदाता बनाएर मतदान दुरुपयोग, बैद्य मतदातालाई नसोधि अबैद्य रुपमा परिवर्तन गरि अर्कै व्यक्तिले मतदान गरी जापान तथा नेपालको कानुनको साइबर कानुन अनुसार साइबर अपराध गरी चरम धाधली गरि निर्वाचन गरि संसार नै दंग रहने गरी गरिएको अबैद्य निर्वाचनलाई अन्तराष्ट्रिय समन्वय परिषद् समेतले गठन गरेको छानविन समितिले समेत धाधली भयो भनि आइसिसि, एसिया क्षेत्र्रीय परिषद् नेपाल राजदूतावास परराष्ट्र मन्त्रालयलाई समेतलाई प्रतिबेदन सत्य तथ्य पेश गरी विभिन्न पत्रपत्रिकाहरुमा सार्बजनिक समेत भै सकेको यर्थाथ यहाँहरुमा अबगत नै छ ।’कमिटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:०३ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...