back
CTIZAN AD

ट्राफिकद्वारा सचेतना कक्षा

वि.सं.२०७८ पुस ९ शुक्रवार

594 

shares

कर्णाली । ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताए । उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म मदिरा सेवन गरी सवारीसाधन चलाउने १९२ लाई कारबाही गरिएको छ । सचेतनामूलक कक्षा साताको दुई दिन सञ्चालन हुनेछ ।

“मदिरा सेवन गरी सवारीसाधन चलाएर ट्राफिकको कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक नियमबारे जानकारी दिने गरिएको छ”, उनले भने, “सचेतना कक्षाले चालकलाई सडक सुरक्षामा गम्भीर बनाउन थप मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।” मदिरा सेवन गरी सवारी चलाउनु कानूनविपरीत भएकाले यससम्बन्धी दण्ड सजायका बारेमा जानकारी दिने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १२:२२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...