back
CTIZAN AD

भुसालको अविस्मरणीय योगदान–नेता शर्मा

वि.सं.२०७८ पुस ९ शुक्रवार

606 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा राष्टिय सभाका सदस्य दीनानानाथ शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा रामप्रसाद भुसालको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

भुसालको निधनपछि पशुपति आर्यघाटमा भएको श्रद्धान्जली समारोहमा सम्बोधन गर्दै उनले आफनो पहिलो भेट २०२७ मा काठमाण्डौमा भएको र त्यसपछि चौथो महाधिवेशनको संगठन अभियानमा भुसालसंग सहकार्य रहेको बताएका थिए । उनले भुसाल गणतन्त्रको एक सेनानी भएको समेत उल्लेख गरेका थिए ।

No description available.

दीपक शर्मा तिवारीद्धारा संचालित संक्षिप्त श्रद्धान्जली समारोहमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले भुसाल जस्ता पुराना नेताहरुको योगदान नयां पुस्तालाई सुसुचित पार्नुपर्ने बताएका थिए भने नेपाली कांग्रेसका नेता खिम प्रसाद भुसालले पर्वतको मात्र नभएर वरपरका जिल्लामा समेत भुसालले राजनैतिक जागरण बढाएको बताएका थिए ।

पर्वतको राजनैतिक आन्दोलनका अगुवा अभियन्ता, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन पर्वतका सस्थापक सचिब, पर्बत, स्याङ्जा, गुल्मी, नवलपरासी र रुपन्देही समेतका जिल्लामा माक्सवादी विचार र संगठन फैलाउने अभियन्ताका रुपमा उनलाइ सम्बोधन गरीएको थियो ।

No description available.

बिसं २००० सालको जेष्ठ ३२ गते बुवा हरीप्रसाद र आमा पुर्णकलाको कान्छा सुपुत्रका रुपमा जन्मेका उनी लामो समयदेखि सुगरको विरामी रहेका थिए । भुसालको ७९ वर्षको उमेरमा बिहीवार बिहान आफनै निवास बानीयाटार गोंगवुमा निधन भएको हो ।

दीवंगत भुसालप्रति श्रद्धान्जली सहित उहाकी एक श्रीमती, पांच छोरी तथा ज्वाईहरु, दुई छोरा र बुहारी तथा नाती नातिना लगायत परीवारजनमा गहिरो समवेदना ब्यक्त गरीएको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १२:०५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...