back
CTIZAN AD

ओमिक्रोनको संक्रमण बढ्दै गएपछि इटालीमा प्रतिबन्धहरुको घोषणा

वि.सं.२०७८ पुस ९ शुक्रवार

696 

shares

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ । इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ ।

यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ ।यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ । सिन्ह्वा

वि.सं.२०७८ पुस ९ शुक्रवार ११:५६ मा प्रकाशित

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...