back
CTIZAN AD

चीनमा चार महिनापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

वि.सं.२०७८ पुस १० शनिवार

687 

shares

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।

विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो ।

सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ ।

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सिन्ह्वा

वि.सं.२०७८ पुस १० शनिवार १८:३४ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...