काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनका लागि दुई दिन समय थप गरिएको छ ।
नेकपा माओवादी केन्द्रको आइतवार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समितिको बैठकले महाधिबेशन दुई दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघि पुष ११ देखि १३ सम्म गतेका लागि समय तोकिएकोमा आजको बैठकले दुईदिन थप गरेको हो ।
यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि शनिवार बसेको स्थायी कमिटीको बैठकले सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने प्रस्ताव गरेपछि आइतवारको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि अब महाधिबेशन नै हुने भएको हो ।
महाधिवेशन आज दिउँसो ३ बजे पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । उक्त उद्घाटनका लागि माओवादीले विभिन्न दललाई समेत निमन्त्रण गरेको छ ।
वि.सं.२०७८ पुस ११ आइतवार ११:१९ मा प्रकाशित






























