back
CTIZAN AD

प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

वि.सं.२०७८ पुस ११ आइतवार

789 

shares

गाइघाट । उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो ।

शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न स्थानीय उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ । पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ ।

व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने स्थानीय बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ । कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । कटारी-५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ ।

कटारी नगरपालिका-५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ । कटारी बजारबाट पर्यटक सँधै  मर्जेतपुरगढी क्षेत्र पुगेर प्याराग्लाइडिङमार्फत सिमासार क्षेत्रमा झर्नसक्ने र त्यहाँबाट सिमासार क्षेत्रको अवलोकन गर्न सक्ने गरी प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ ।

मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताए । नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गरेको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताइन् ।
रासस

वि.सं.२०७८ पुस ११ आइतवार १३:२९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...