काठमाडौं । जाडो मौसमसँगै धेरै व्यक्तिमा चिसोसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्दछन् । विशेषगरि रुघा, खोकी, निमोनियाजस्ता रोग जाडो मौसममै देखा पर्छन् । दिर्घकालीन रोगीहरुका लागि यो मौसम निकै नै समस्याप्रवद्र्धक बन्दछ ।
जाडोमा चिसोको समस्याबाट हुने रोगबाट जोगिन आफ्नो प्रतिरक्षा र स्वास्थ्यको ख्याल राख्नु अति महत्त्वपूर्ण हुन्छ । त्यसैले मौसमी सागसब्जी र फलफूल खान स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । यसका साथसाथै शरीरलाई न्यानो राख्न ड्राई फ्रुट्स, अदुवा, लसुन जस्ता चिजको प्रयोग गर्न पनि सल्लाह दिइन्छ ।
यी मध्ये एक मह हो। मह स्वादमा मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यदि तपाईले दैनिक महको सेवन गर्नुभयो भने तपाईको स्वास्थ्य पूर्णतया फिट हुन्छ । आउनुहोस् मह खानुका फाइदाहरूबारे जानौं–
१. महले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, र कुनै पनि संक्रमण विरुद्ध लड्छ।
२. यदि तपाईलाई सजिलै चिसो जस्तो संक्रमण हुन्छ भने तपाईले महको साथमा नीम, कालो मिर्च र बेसार पनि लिनु पर्छ।
३. कब्जियत, पेट फुल्ने र ग्यास जस्ता समस्यामा पनि मह उपयोगी हुन्छ । महमा पाइने ब्याक्टेरियाले पाचन प्रक्रियामा मद्दत गर्छ ।
४. यदि तपाईंको रक्तचाप कम रहन्छ भने, तपाईंले मह नियमित रूपमा खानुपर्छ। कम रक्तचापमा, अक्सिजनको मात्रा कम मात्रामा तपाईको दिमागमा पुग्छ, महको सेवनले यो समस्यालाई हटाउन सकिन्छ।
५. चिनीको सट्टामा दैनिक मह खाँदा धेरै रोगबाट बच्न सकिन्छ । सेतो चिनीले तपाईको स्वास्थ्यलाई धेरै किसिमले हानि पुर्याउँछ। यसमा कुनै पनि प्रकारको गुण छैन।
वि.सं.२०७८ पुस ११ आइतवार १३:१० मा प्रकाशित





























