back
CTIZAN AD

गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

वि.सं.२०७८ पुस ११ आइतवार

660 

shares

बलेवा । किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका-३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पुर्याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो । उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गरिन् । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली प्रशोधन गर्नाका साथै दूधबाट खुवा बनाउने उपकरण पनि जडान गरिएको अध्यक्ष गङ्गबहादुर थापाले जानकारी दिए ।

झण्डै ५०० किसान सहभागी सहकारीले प्रशोधन उद्योग सञ्चालनमा ल्याएसँगै कृषि उत्पादनको प्रशोधन तथा बजारीकरणको काम पनि गर्ने उनले बताए । किसानले पालेका गाईभैँसीको दूधबाट खुवा बनाउने काम उद्योगमा हुन्छ । खुवाको माग बजारमा उच्च रहेकाले दैनिक उत्पादन थालिएको सहकारीले जनाएको छ । प्रतिकिलो खुवा बागलुङ बजारमा एक हजारदेखि एक हजार १०० सम्ममा बिक्री हुने गरेको छ । ‘उद्योगले उत्पादन गरेको दाना पशुचौपायका लागि हुन्छ, दूधको खुवा बजार गइरहेको छ’ अध्यक्ष थापाले भने ।

गौँडाकोटमा रहेको झण्डै तीन रोपनी जमिन भाडामा लिएर उद्योग सञ्चालन गरिएको हो । सहकारीले रु ३० लाख लगानी गरेर उद्योग सञ्चालनमा ल्याएको कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए । उक्त उद्योगका लागि प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले रु नौ लाख दुई हजार अनुदान उपलव्ध गराएको थियो ।

तरकारी र खाद्यान्नबालीको व्यावसायिक उत्पादन गरिरहेका किसानले साना कृषि उद्योग पनि सञ्चालन गर्दा उत्पादन, प्रशोधन र बजारीकरणसम्मको सबै काम एकद्वार प्रणालीमार्फत हुने सहकारीका सदस्यको विश्वास छ । सहकारीले बँदेल पालनसमेत सुरु गरेको छ । जङ्गलमा पाइने बँदेलको माग बजारमा अत्यधिक भए पनि व्यावसायिक उत्पादन नहुँदा आपूर्ति कम रहेको भन्दै सहकारीले सामूहिक बँदेलपालन थालेको अध्यक्ष थापाले बताए । ‘घाम, पानी, हावाहुरी र वर्षामासमेत खेतबारीको अलमलिने किसानको आज आफ्नै उद्योग छ’ सहकारीका सचिव नारायण शर्माले भने,“यो उद्योग उपभोक्ता र उत्पादक सबैका लागि सहयोगी बन्ने छ ।”
रासस

वि.सं.२०७८ पुस ११ आइतवार १३:०४ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...