back
CTIZAN AD

आलोचनाको वर्षापछि महाधिवेशन स्थलबाट हटाइयो प्रचण्डको पुत्ला

वि.सं.२०७८ पुस १२ सोमवार

675 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा राखिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला हटाइएको छ । सहभागि प्रतिनिधि स्वंयले र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि पुत्ला हटाइएको हो ।

माओवादी केन्द्रका नेता सुदन किरातीले उक्त पुत्ला हटाइएको जानकारी दिएका छन् । उनले चाकडी प्रवृत्तिका व्यक्तिले उक्त पुत्ला लगाएको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैमा जानकारी ! चाकडी प्रवृत्ति- मूर्दावाद !’
महाधिवेशन स्थलमा राखिएको उक्त पुत्ला अगाडि आइतबार कार्यकर्ताहरुले सेल्फी खिचेका थिए । उनीहरुले सामाजिक सञ्जालमा प्रचण्डको पुत्लासहितको फोटो शेयर गरेका थिए । जसलाई निकै आलोचना पनि गरिएको थियो ।

नेकपा (एमाले)को विधान महाधिवेशनका क्रममा एमालेले त्यसैगरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पुत्लाहरु महाधिवेशन स्थलमा ठडाएको थियो । जसलाई कतिपयले ओलीको देवत्वकरण गरिएको भन्दै आलोचना पनि गरेका थिए । माओवादी नेताहरुले समेत उक्त कुराको सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

 

वि.सं.२०७८ पुस १२ सोमवार १३:५८ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...