११ पुष, काठमाडौँ । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा लगातार पाँचौ जीत दर्ता गराएको छ ।
बङ्गलादेशको ढाका मिरपुरस्थित भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार पाँचौ जित दर्ता गराएको हो । नेपालले पहिलो सेटमा २५-८ ले, दोस्रो सेटमा २५-१४ ले र तेस्रो सेटमा २४-१७ ले जीत निकाल्यो ।
जितसँगै नेपालले अब एभिसी एसियन सेन्ट्रल जोन भलिबलको फाइनलमा मंगलबार उज्वेकिस्तानको सामना गर्ने छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १३:५८ मा प्रकाशित
























