back
CTIZAN AD

अमेरिकाको कोलोराडोमा गोली चल्दा पाँच जनाको मृत्यु

वि.सं.२०७८ पुस १३ मंगलवार

882 

shares

कोलोराडो, अमेरिका । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो । डेनभरका प्रहरी प्रमुख पा‘ल पाजेनले पत्रकार सम्मेलनमा बताए अनुसार गोली हानाहान साँझ ५ बजेतिर शुरु भएको थियो। घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् । पहिलो गोलीबारी घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो। डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो।

लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एएनआई\सिन्ह्वा 

 

वि.सं.२०७८ पुस १३ मंगलवार २०:५७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...