back
CTIZAN AD

अनेसास न्यूह्यामसायर च्याप्टरद्धारा ‘मोचन मन्थन’

वि.सं.२०७८ पुस २० मंगलवार

741 

shares

ईश्वरी भट्ट, न्यूह्यामसायर, अमेरिका । अनेसास न्यूह्यामसायर च्याप्टरले संस्थाका पूर्वमहासचिव डा. तुलसी आचार्यद्वारा लिखित मोचन आख्यान उपन्यासको मन्थन कार्यक्रम गरेको छ ।

संस्थाकी अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षता तथा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै ‘मोचन मन्थन’ गरिएको हो ।

कार्यक्रममा साहित्यकार महेश्वर पन्त एवम् ईश्वरी भट्टको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथि गोवर्द्धन पूजा र महेश्वर पन्तले आख्यान “मोचन” को वारेमा विस्तृत विष्लेषण गरेको उक्त कार्यक्रममा प्रधान सम्पादक ईश्वरी भट्टले संस्थाका कार्यक्रम बारे जानाकारी दिँदै लेखकलाई अर्को प्रकाशनको लागि प्रोत्साहित गरेका थिए ।

कार्यक्रममा अनेसास न्यूह्यामसायर च्याप्टरका संरक्षक उमेश कोइराला, मुना कोइराला, राम भण्डारी, आकाश ओझा, प्रभात भट्टराई, प्रदीप कार्की, हेमन्त ढुंगाना, चन्द्र कडरिया, प्रदीप सिटौला, कुमार भट्टराई परिवार एवं वरपरका थुप्रै व्यक्तित्वहरूको मन्तव्य तथा सहभागिता रहेको थियो ।

उपन्यासकार डा. तुलसी आचार्यले पुस्तकका वारेमा संक्षिप्त व्याख्या राख्दै अनेसास न्यूहायामसायरलाई धन्यवाद व्यक्त गर्नु भएको उक्त कार्यक्रम अनेसास न्यूह्यामसायरका सचिव नन्द शर्माले सञ्चालन गरेका थिए ।

उपन्यास बारे
पारिजातको ‘शिरीषको फूल’लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ ।

नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखी बनाउँछ, खुशी बनाउँछ, हँसाउछ र रुवाउछ पनि । जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतिले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ ।
यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङ्ग प्रस्तुति छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढ्दो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ ।

स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान ‘इपिफेनी’ नै यो उपन्यासको कथ्य हो । उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम–घृणा–प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ । भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङगले प्रस्तुत गरेको छ ।

 

वि.सं.२०७८ पुस २० मंगलवार १३:३१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...