back
CTIZAN AD

दस टुक्का कविता

वि.सं.२०७८ पुस २४ शनिवार

630 

shares


नाजुक सुन्दर छ्यौ तिमी फूलकी कली
नडुल एक्लै यो वन, छ्यौ अलि चन्चली ।

हेर उता आकाशमा पूर्ण उनी जूनमा
झैँ बसेकी तिम्रो मनमा ती तिम्रै धुनमा ।

हृदयमा रहेछ प्रीतको गुलाफ फुलेको
प्रेमिलता नि देखियो व्यवहारमा खुलेको ।

वसन्त जस्तै तिम्रो मायाँ पलाई
सारा पीर मनका दिएँ जलाई ।

भुटभुटिमै जीवन सकिने भयो तिम्रो
सतगुरु मिलुन् जाऊ आँखा बनाऊ चिम्रो ।

कसले सोसिदियो तिम्रो मुहारको खुशी
हाँस्न छोड्यौ पहेँलियो मुहार तिम्रो छुशी !

नजर तिम्रा वार्दलीको बर्षात् देख्छु
आमा ! हरदम तिमीमा माथ टेक्छु ।

आऊ न प्यारा यी महलहरूमा हराऊँ
मुना भुराको मनमा खुशीले भराऊँ ।

मन्दिर तिमी देवता नि तिमी मान्दछु
आमा तिमी नै मेरी जप ध्यान ठान्दछु ।
१०
मेरो देश मलाई प्राण भन्दा प्यारो लाग्छ
सिरान छ सगरमाथा दुःख ताप भाग्छ ।

पुष्पाशायरा, बिराटनगर

वि.सं.२०७८ पुस २४ शनिवार ०८:४४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...