म
अचानो
घाउमा खाटो बस्न नपाउदै
फेरि चोट लाग्छ
र
आला हुन्छन घाउहरू
हजुरौं चोट खपेर
अहोरात्र सम्झिरहन्छु तिमीलाई
तिमी
धारीलो
मार हान्ने खुकुरी
छ्याक्क छ्याक्क पारेर
छाती थुङ्थुङ्याउछौं
चिरा चिरामा पीडा दिएर
बिर्सिन्छौ मलाई ।
भुवन शिवाकोटी “चौघरे”, काठमाडौं
वि.सं.२०७८ पुस २४ शनिवार ०८:४३ मा प्रकाशित





























