मौसमले पीडा थपेर, सताई रहेकोछ।
महसुस गर्दैछु केही, बताई रहेकोछ।
कति बसौं म अझै तिम्रो,इन्तजारमा ?
भित्र हिया आफ्नो गुनासो, खताई रहेकोछ।
बर्सेर हिउँदे झरी, चुटेकोछ अङ्गभरी,
दन्केर शोला हिमशिला, तताई रहेकोछ।
म मात्रै भए त,केही थिएन सही बस्दिन्थे,
वैंशले आफ्नो उपस्थिति,जताई रहेकोछ ।
बेकावु बनाएकोछ,आएर सम्हालिदिनु,
होइन भने त वास्नाले, मताई रहेकोछ।
चिरञ्जीवी ढकाल, नेपालगन्ज-२०, राँझा एयरपोर्ट, बाँके
वि.सं.२०७८ पुस २४ शनिवार ०८:४१ मा प्रकाशित





























