
नेपाली महिला समाज कतारले दोस्रो अधिवेशनले चितवनकी सुस्मिता भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्ष अमिना खान, द्वितीय उपाध्यक्ष जानुका बस्नेत (खड्का), महासचिव अम्बिका खत्री, सचिव इश्वरा थापा मगर, कोषाध्यक्ष मिना गैरे, सहकोषाध्यक्ष हिलारी तामाङ (राई)लाई चयन गरेको छ । सदस्यहरु जानुका थापा मगर, वाइदा खातुन, सीता राई, अनु राई, बबिता तुम्बाफे (नेवाङ)र शर्मिला जोशी रहेका छन् ।
अध्यक्ष रेखा राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष विनेश तामाङ, जनप्रगतिशील मञ्च केन्द्र मोहन केसी, नेपाली प्रवासी मञ्चका अध्यक्ष रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार, जनसम्पर्क समितिका अब्दुल हफिम लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
वैदेशिक रोजगारको लागि कतार पुगेका महिलालाई संगठित गरी महिला कामदारको हित, राहत तथा उद्धार गर्नको लागि समाज पाँच वर्षअघि गठन भएको थियो । कतारमा झन्डै ५ हजार नेपाली महिला कार्यरत छन् ।