back
CTIZAN AD

ऋण काढेर सात वर्षमा सात किमी सडक

वि.सं.२०७३ फागुन २६ बिहीवार

774 

shares

२६ फागुन,फलेवास (पर्वत) । जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले रु १८ लाख ऋण र चन्दा खोजेर गाउँसम्म सडक पु¥याउन बाध्य भएका छन् ।

उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काँढेर सडक निर्माण गर्न बाध्य भएका हुन् । उनीहरुले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने सडक निर्माण गरेका हुन् ।

विसं २०६६ मा चिनाखेतदेखि सुरु भएको सडकको ट्र्याक खोल्ने कार्यले बुधबार पूर्णता पाएको हो । सात किमी दूरीको यो सडक निर्माण सात वर्षमा पूरा भएको हो । सरकारी निकाय र स्थानीयवासीको रु ४२ लाखको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष समबहादुर तिलिजाले जानकारी दिनुभयो ।

जिविस पर्वत, बाँसखर्क गाविस, सडक, बोर्ड, सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २४ लाख अनुदान प्राप्त भएको थियो भने सडक निर्माण गर्न स्थानीय बासिन्दाले रु १८ लाख ऋण र चन्दा सङ्कलन गरेका थिए । स्थानीय बासिन्दा, सहकारी सङ्घसंस्था, आमा समूहलगायतबाट उक्त ऋण लिइएको हो । यो सडक छिमेकी जिल्ला म्याग्दीको बेनीदेखि मल्लाज–बगरफाँट–बाँसखर्क हुँदै लोप्रे पुग्न छोटो दूरीको हुने अध्यक्ष तिलिजाले बताउनुभयो ।

यो सडकबाट उत्तरी पर्वतका बाँसखर्क, मालगाउँ, लोप्रे, डाँडाकटेरी, कुवापानी र म्याग्दीका राम्चे, काफलडाँडा र नांगीका बासिन्दा लाभान्वित भएका छन् । उक्त क्षेत्रका बासिन्दालाई म्याग्दीको बेनी पुग्न सजिलो हुने जनाइएको छ । लोप्रेदेखि बेनीसम्म साढे एक घन्टामै आउन सकिने अध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।

यसअघि लेकफाँटदेखि मिलनचोक हुँदै बेनी आउन कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्दथ्यो । जोखिममुक्त छोटो बाटो बनेपछि गाडी चढ्नका लागि महँगोमा जिप रिजर्भ गर्नुपर्ने मालगाउँका बासिन्दाको बाध्यतासमेत हटेको स्थानीयवासीले बताएका छन् । लामो सङ्घर्ष र ऋण धन गरेरै भए पनि गाउँसम्म सडक सुविधा पुगेपछि मालगाउँका बासिन्दा हर्षित बनेका छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०९:५८ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...