काठमाडौं । आजदेखि उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोर्डना खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्लामा १२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना २९ दिन पुगेका) बालबालिकालाई आजदेखि फाइजर र मोर्डना खोप लगाइने भएको हो ।
यो खोप अभियान यी जिल्लाका केही स्थानीयतहमा भने सुरु भइसकेकोले नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन पनि अनुरोध गरिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने छ । केही दिन अघि मात्र ६ लाख ६६ हजार खोपमा प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान सुरु गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले जानकारी दिए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरिएको छ ।
वि.सं.२०७८ पुस २७ मंगलवार ०८:४२ मा प्रकाशित




























