back
CTIZAN AD

दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना

वि.सं.२०७३ फागुन २६ बिहीवार

858 

shares

२६ फागुन,बाजुरा। उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ ।

उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताउनुभयो ।

उहाँले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिंदै आएको थियो ।

नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएका छन् । “एक पोका नुन लिन रु ६०० खर्च हुथ्यो तर अहिले एक दिनमै नुन पाइने भयो” स्थानीय धर्मलाल सुनारले बताउनुभयो ।

एक पोका नुन लिन दुई दिन लाग्नुका साथै रु ६०० देखि रु एक हजारसम्मको खर्च हुने गरेको उहाँको भनाइ छ ।

कवाडीमा नुन डिपो सञ्चालन भएपछि जिल्लाका रुगिन, बिच्छ्या गाविस र छिमेकी जिल्ला हुम्ला र मुगु जिल्लाका जनतालाई सहज भएको कोल्टी डिपो प्रमुख धर्मराज पाध्यायले बताउनुभयो । यसबाट हुम्ला र मुगु जिल्लाका स्थानीयवासीलाई सहज भएकोे छ ।

कवाडी डिपोका लागि ४०० क्विन्टलभन्दा बढी नुन स्वीकृत भएको छ ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:१० मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...