काठमाडौं । नेपालमा आज ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार ३६ नमु्ना परीक्षणमा ३०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलवारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै ६ सयले बढी हो ।
आज उपत्यकाको काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनासँगै १४९८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ३०७५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३५ हजार ७७३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ७६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म ११ हजार ६०९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयको विवरण अनुसार ११ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १० हजार ८१० जना र ८८० जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ८७ जना आइसीयु र २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
निरन्तर बढ्दै कोरोना संक्रमितको संख्या, आज एकैदिन थपिए २४४४ संक्रमित
वि.सं.२०७८ पुस २८ बुधवार १६:४० मा प्रकाशित




























