पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको कास्कीमा सबैभन्दा बढी ११५ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा संक्रमित हुनेको यो संख्या केही कमि हो ।
त्यस्तै मुस्ताङमा ४, म्याग्दीमा ३, पर्वतमा १, लमजुङमा २, तनहुँमा ५, बाग्लुङमा ६, स्याङजामा ३ र नवलपरासीपूर्वमा ३० गरी १६५ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा आज थपिएका १६५ जनासँगै ८९ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज गण्डकी प्रदेशमा थपिए १२१ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए त ?
वि.सं.२०७८ पुस २९ बिहीवार १६:५२ मा प्रकाशित




























