back
CTIZAN AD

साउदीमा नेपाली समाजसेवी भन्नेहरुले नै श्रमिक ठग्न थालेपछि दूतावासले दियो यस्तो चेतावनी

वि.सं.२०७८ पुस ३० शुक्रवार

699 

shares

साउदी । साउदीमा रहेका नेपाली समाजेवी भनिनेहरुले नै सोझासाझा श्रमिकलाई ठगी गर्न थालेको भन्र्दै दूतावासले त्यस्ता ठगहरुबाट बच्न अनुरोध गरेको छ ।

दूतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा (फाइनल एक्जिट) प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका केही सिधासाधा नेपाली श्रमिकहरुलाई हवाईजहाजको टिकट काट्ने एका दुई नेपाली ऐजेन्टहरुले ठगेका गुनासाहरु समेत आएको दूतावासले जनाएको छ ।

‘बेखर्ची भएर दूतावासको सेल्टरमा आश्रय लिई महिनौं बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेन्ट समेत जारी भई स्वदेश जाने टिकटको लागि ट्राभल ऐजेन्सीमा गएका कामदारलाई विभिन्न बहानामा ठग्ने गरेको पाइएको छ,’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ, ‘ट्राभल डकुमेन्ट खर्च, फोटोकपी खर्च, सिसिएमसी फारम भरेको खर्च जस्ता बनावटी शिर्षकका नाममा रकम लिने गरेको पाइएको हुँदा यस्ता प्रकारका ठगीबाट जोगिनु हुन सम्बन्धीत सबैमा अनुरोध गरिन्छ ।’

दूतावासले आफुलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघ÷संस्थामा आवद्धहरुबाटै यस्ता प्रकारका ठगीहरु भैँदिदा मन, बचन र कर्मले प्रवासी नेपालीहरुको सेवामा जुटेका वास्तविक समाजसेवीहरुमाथि पनि अन्य भएको दूतावासले जनाएको छ । दूतावासले त्यस्ता समाजसेवीबाट बच्न सबैलाई अनुरोध गरेको छ ।

कसैले आफु ठगिएको महसुस भएमा राजदूतावास वा नजिकैको प्रहरीमा जानकारी गराउन अनुरोध गर्दै कोही कसैले ठगी गरेको लिखित उजुरी परेमा आवस्यक छानविन गरी कारबाहीका लागि सम्बन्धीत साउदी निकायमा पत्राचार गर्ने समेत दूतावासले चेतावनी दिएको छ ।

 

No photo description available.

काम गरेको ठाउँ नछोड्न र ठगहरुबाट बच्न भन्दै नेपाली दूतावास साउदीले गर्यो यस्तो अनुरोध

वि.सं.२०७८ पुस ३० शुक्रवार १०:३५ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...