
काठमाडौं । अब ८ सय रुपैयाँमै कोरोना परीक्षण गर्न पाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार अब सरकारी अस्पतालमा ८ सय रुपैयाँमा कोरोना परीक्षण गर्न गर्न पाइने भएको हो ।
यसअघि सरकारी अस्पतालमा परक्षिण गराउँदा १००० शुल्क लिने गरिएको थियो ।
मन्त्रालयका अनुसार निजी प्रयोगशालामा भने यसअघि २००० रुपैयाँ रहेकोमा अब १५ सय रुपैयामै कोरोना परीक्षण गर्न पाइने पनि प्रवक्ता अधिकारीले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।