back
CTIZAN AD

विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन भन्दै आयोगले दियो राप्रपालाई यस्तो निर्देशन

वि.सं.२०७८ माघ ९ आइतवार

654 

shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विधानमा रहेको हिन्दुराष्ट्र हटाउन निर्देशन दिएको छ ।

यहि पुष १० गते राप्रपाले संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी निर्वाचन आयोगमा पेश गरेकोमा आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भन्दै पत्र पठाएको हो ।

‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था प्रजातन्को मान्यता अभिवृद्दि गर्न र कायम गर्न’ भन्ने वांक्याश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वांक्याशं हटाई नेपालको संविधानको धार २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन’ आयोगद्धारा पठाइएको निर्देशनात्मक पत्रमा भनिएको छ ।

निर्वतमान अध्यक्ष थापाको आपत्ति
निर्वाचन आयोगले राप्रपाको विधानबाट “हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र“ शब्दावली तथा झण्डामा रहेको ’गाई’ हटाउन दिएको निर्देशनप्रति राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

थापाले आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित  रहेको र उक्त निर्णय आफुहरुलाई अस्विकार्य रहेको बताएका छन् ।

‘ विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ।२०७८ माघ २ गते आयोगले पठाएको पत्रवारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिले सम्म लुकाएर राख्नु आश्चर्यजनक छ ।’ थापाले सामाजिक संजालमा लेखेका छन् ।

May be an image of text

No photo description available.

वि.सं.२०७८ माघ ९ आइतवार ०९:५० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...