Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भरतपुर आजदेखि महानगरपालिका



२७ फागुन, चितवन । भरतपुर उपमहानगरपालिका चित्रवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर आजदेखि भरतपुर महानगरपालिका बनेको छ ।

काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालका अनुसार आज उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने छन् ।

भमपामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताउनुभयो ।

भमपाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् । त्यसै गरी दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।

महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले आज साँझ घर घरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ । तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ