back
CTIZAN AD

भरतपुर आजदेखि महानगरपालिका

वि.सं.२०७३ फागुन २७ शुक्रवार

813 

shares

२७ फागुन, चितवन । भरतपुर उपमहानगरपालिका चित्रवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर आजदेखि भरतपुर महानगरपालिका बनेको छ ।

काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालका अनुसार आज उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने छन् ।

भमपामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताउनुभयो ।

भमपाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् । त्यसै गरी दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।

महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले आज साँझ घर घरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ । तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ फागुन २७ शुक्रवार १४:२३ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...