Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

बलभद्र, भीमदत्त र गोविन्द गौतम



govind-gautam
‘वाल लगाउ प्रचण्ड ” जनताले साथ दिदैँछन’ झट्ट हेर्दा नारा जस्तो देखिने यो आग्रह हिजोदेखि स्वदेश तथा विदेशमा रहेका लाखौं नेपालीको अभिव्यक्ति बन्न थालेको छ । बेलायतबाट हरिशचन्द्र नेपालीले नेपाली राजनीतिका युवा हस्तिहरुलाई सम्बोधन गर्दै आधिकारीक तबरबाटै रकम तोकेर वाल लगाउन आग्रह गरेका छन भने विदेशबाट हजारौं नेपालीले विभिन्न कोणबाट आ–आफ्ना अभिव्यक्ति दिइरहेका छन् ।

कंचनपुरको पुनवार्स नगरपालिकाका ३४ वर्षे गोविन्द गौतमको मृत्युले संसारभरीका नेपालीलाई आक्रोशित बनाएको छ । तीन दिनअघि मात्र सप्तरीका ४ भाइको दुःखद् निधन व्यहोरेका नेपालीले भारतीय सीमा रक्षकको गोली प्रहारबाट भएको मृत्युलाई कडा रुपमा प्रतिरोध गरिरहेका छन् ।

harisha-chandra-nepali

रोटी र बेटीको सम्बन्ध रहेको दुई देश सयौँ वर्षदेखि साँस्कृतिक, आर्थिक र राजनैतिक निकटता पनि छ । धर्म, संस्कृति र परम्परा मात्र होइन, मानव सभ्यता र लोकतन्त्रका अभ्यासहरु पनि यहाँ मिल्दाजुल्दा छन् । भुगोलका हिसाबले ठूलो तथा श्रोत साधनको बढी उपयोग भैसकेको हुनाले नेपालको परनिर्भरताको अंश पनि बढि उसैसँग रहनु कुनै नयाँ होइन । भारतको भूगोल र अभ्यासको ठूलोपनलाई नेपालले परापुर्वकालदेखि मान्दै नआएको पनि होइन । तर, यूग प्रविधि र सभ्यताको निकाससँगै एउटा स्वतन्त्र राष्ट्रले आफ्नो स्वत्व र सार्वभौकिता ख्याल गर्ने विषय सामान्य नै हो । पछिल्ला दिनहरुमा नेपालले हिजोको अपमान, ज्याजती र हैकम, प्रभुत्व एवम् विस्तारवादी सोचलाई क्रस गर्न खोजेको कुरा भने सत्य हो ।

आफ्ना जहान बच्चाको हातमुख जोर्नका लागि साउदी पुगेका गोविन्द केही महिना अगाडि मात्र नेपाल आएका थिए । भारतीय शाषकका विरुद्ध ठूलो षडयन्त्र गरेर वा दोहोरो भीडन्तमा परेर उनी मारिएका होइनन् । नेपाली भूमिको खोलामाथि कच्चि कल्भर्ट निर्माण गर्ने स्थानीय आवश्यकतामा सरोकार राख्दै उनी अरु नेपालीहरुसँगै विकासको पक्षमा ऐक्यबद्ध थिए । नेपालीले लगाएको कल्भर्टलाई “गुगल म्याप” को निहुँमा भारतले रोक्न खोजेपछि नेपालीहरुबाट विरोध हुनु स्वभाविक थियो । नेपाली हुनुको नाताले गोविन्द पनि त्यस अभियानमै थिए । नेपालीहरुका घरघरमा पसेर बुधबार साँझ भारतीय एसएसवीले मच्याएको ताण्डव नृत्य र कुटपिट पछि नेपालीमा आक्रोश उत्पन्न हुनु स्वभाविक थियो । बिहिबार बिहान नेपालीहरुले भारतीय ज्यादतीको विरुद्धमा प्रर्दशनको कार्यक्रम राखेका बेला सीमाबाट ८ सय मिटर वर पसेर भारतीयले गोली चलाएको कुरा कसैबाट लुकेको छैन । यद्यपी काठमाडौंस्थित भारतीय दूतावासले सत्य घटना ढाँट्न खोजेको आक्रोश आम नेपालीहरुबाट व्यक्त भएका छन् ।

नेपालीले लगाएको कल्भर्टलाई “गुगल म्याप” को निहुँमा भारतले रोक्न खोजेपछि नेपालीहरुबाट विरोध हुनु स्वभाविक थियो । नेपाली हुनुको नाताले गोविन्द पनि त्यस अभियानमै थिए । नेपालीहरुका घरघरमा पसेर बुधबार साँझ भारतीय एसएसवीले मच्याएको ताण्डव नृत्य र कुटपिट पछि नेपालीमा आक्रोश उत्पन्न हुनु स्वभाविक थियो ।

सीमा वर पसेर ३० राउण्ड गोली चलाएको भारतीय पक्षले बन्दुकको कुन्जाबाट नेपालका प्रहरी सहित ३० भन्दा बढी नेपालीलाई घाइते बनाएको स्थानीयदर्शीहरुले प्रष्ट भनेका छन् । निर्माणको विषयलाई दुईपक्षको समझदारीमा टुङ्ग्याउन सकिने हुँदा हुँदै पनि नेपालीको घर–घरमा पसेर भारतीय पक्षले ज्यादती मच्याउनुले नेपाल प्रतिको हेपाहा र हदै सम्मको विस्तारवादी सोँच प्रष्टै देखिएको छ । नेपाल सरकारले प्रारम्भमा सार्वजनिक गरेको विज्ञप्ति आफ्नो ठाउँमा सकारात्मक नै छ तर निर्धीणी संस्कृतिका विरुद्धमा कुटनैतिक पहल बढाउन एकातिर जरुरी छ भने अर्कोतिर संयमताका साथ राष्ट्रवादी सोच र भावनाको सुरक्षा पनि गर्न जरुरी छ । माटो, माटोको रक्षा, प्रयोग र विकासमा आफ्नो ज्यान अपर्ण गर्ने गोविन्द नेपाल भूमिको महान सहीद हुन् ।

भारतीय शाषक वर्गले हेक्का राख्नै पर्ने कुरो के हो भने वीर बलभद्र कुँवर र भीमदत्त पन्त हुँदै गोविन्द गौतमहरुको जन्म नेपाली माटोमा भैरहन्छ । अनि सात समुद्र पारिबाट हरिशचन्द्रहरुको खबरदारी जारी रहन्छ । गोविन्द मारेर नेपाल र नेपाली तर्सने होइन भन्ने हेक्का भारतीय शाषकहरुले राख्नै पर्छ । गोविन्द गौतमलाई ‘महान सहीद’ घोषणा गर्न, यो घटनामा भारतलाई माफी मगाउन तथा सीमामा तार वा वाल व्यवस्थापन गर्ने तर्क आवश्यक गृहकार्य गर्न सरकार लाग्नै पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा