back
CTIZAN AD

होटेल व्यवसायप्रति आकर्षण

वि.सं.२०७३ फागुन २७ शुक्रवार

762 

shares

 २७ फागुन,धनगढी । पर्यटन व्यवसायको पूर्वाधारका रुपमा लिइने होटेल व्यवसायप्रति यहाँ आकर्षण बढ्न थालेको छ । होटेल व्यवसायमा बढेको आकर्षणसँगै यस क्षेत्रमा आधुनिक र सुविधा सम्पन्न होटेल निर्माण हुने क्रम पनि बढेको छ ।

यस क्रममा धनगढीको गोदावरी रोड छेउमा निर्माण पूरा भएको ‘होटेल फ्लोरा‘ बिहीबारदेखि सञ्चालनमा आएको छ ।
पश्चिम नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक थोरै होटलमध्येको एक यो होटेलको निर्माण लागत जग्गाको मूल्यसहित झन्डै रु २१ करोड रहेको होटेलका प्रबन्ध निर्देशक पुष्पराज कुँवरले बताउनुभयो ।

सुविधायुक्त ३४ कोठा रहेको यो होटेलमा तालिम र सेमिनार हलसमेत रहेका छन् । निकट भविष्यमा स्वीमिङ पुल, चिल्डे«न पार्क, साउना बाथ, मल्टी जिम लगायतका सेवा सुविधासमेत थपिन लागिएको कुँवरले बताउनुभयो ।

बिहीबार स्वामी लोकानन्दले एक समारोहकाबीच होटेलको उद्घाटन गर्नुभयो । यस क्षेत्रमा करोडौंको लागतमा निर्माण भएका अत्याधुनिक र सुविधा सम्पन्न होटेल डिभोटी, होटेल रुबस, होटेल दिनेश, साथी होटेल, होटेल जलासालगायत होटेल विगत दश÷बाह्र वर्षदेखि सञ्चालनमा छन् ।

यी होटेलको निर्माण र सञ्चालनमा रु एक अर्ब भन्दा बढी लगानी भएको छ । यीमध्ये केही होटेलले तारे होटेलको हैसियत राख्ने गरेको बताइन्छ । यी होटेलले प्रदान गर्ने सेवा सुविधा पनि प्रतिस्पर्धी हुँदै गएको देखिएको छ ।

बढ्दो सहरीकरणसँगै सुदूरपश्चिमको ‘हब‘ को रुपमा विकास हुन थालेको धनगढीमा पर्यटक र अन्य व्यवसायी पहिलेको तुलनामा भित्रिने क्रम बढ्दै गएको अवस्थामा उचित वासस्थानको सुविधा प्रदान गर्ने सोचका साथ एकपछि अर्को गर्दै नयाँ÷नयां आधुनिक होटेल सञ्चालनमा आउन थालेका हुन् ।
खासगरी धनगढी—काठमाडौँ दैनिक नियमित हवाई सेवाको सुविधापछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेसँगै यस क्षेत्रमा होटेल व्यवसायप्रति आकर्षण बढेको देखिन्छ ।

यद्यपि, अपेक्षित रुपमा पर्यटक भित्रिन नसक्दा कतिपय होटेल घाटामा सञ्चालन भइरहेको बताइन्छ । ठूलो लगानी गरेर होटेल सञ्चालन गरेका कतिपय व्यवसायी अपेक्षित आम्दानी कहिले होला भनेर पर्खेर बसेको अवस्था रहेको होटेल जलासाका सञ्चालक दीपक थापाले बताउनुभयो ।

एक दशक अघिसम्म सुविधायुक्त होटेल, लज र हलको अभावमा यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गोष्ठी, सेमिनार, सभा, सम्मेलन गर्न निकै कठिनाइ हुने गरेकामा ठूला र सुविधा सम्पन्न होटेलको सञ्चालनसँगै हाल यस्ता गोष्ठी समेत आयोजना हुन थालेका छन् ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार १०:३९ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...