back
CTIZAN AD

वन्यजन्तु उद्धार केन्द्र सञ्चालन

वि.सं.२०७३ फागुन २७ शुक्रवार

810 

shares

२७ फागुन,पोखरा। लेखनाथको पचघैयामा निर्माण गरिने चिडियाखाना परिसरमा वन्यजन्तु उद्धार केन्द्र भवन सञ्चालनमा आएकोछ ।

युनाटेड क्लबद्वारा पोखरामा सञ्चालित पोखरा महोत्सवबाट छुट्याएको रु. ३५ लाख र लेखनाथ नगरपालिकाको रु. १० लाख गरी कुल रु. ४५ लाखको लागतमा सो सुविधा सम्पन्न उद्धार केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

प्रस्तावित चिडियाखानाभित्र रातमाटेमा निर्माण गरिएको सो गृहमा हाल पोखराका विभिन्न स्थानबाट उद्धार गरिएका र बुटवलको शङ्कनगरबाट ल्याइएका १० वटा पशु र ११ वटा पक्षी राखिएको अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमाल बख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो केन्द्रमा गोठे उल्लु चार, सेतो गिद्ध दुई, चिल तीन, हुचिल दुई, रतुवा मृग एक, मृग एक, अजिङगर दुई, खरायो तीन, निलगाई एक, वन ढाडे(बिरालो) र मुसा एक एक वटा गरी कुल २१ वटा वन्यजन्तु रहेका छन् ।

केन्द्रमा रहेको वन्यजन्तुलाई दैनिक दुई केजी कुखुराको मासु व्यवस्था गरिँदै आएको छ, अध्यक्ष बख्रेलले भन्नुभयो – केन्द्रमा सुरक्षा गार्ड घर निर्माण गरी हाल दुई जनालाई दैनिक रोजगारीको व्यवस्थासमेत गरिएको छ ।

सो उद्धार केन्द्रको व्यवस्थापनमा मासिक लगभग रु. ३० हजार खर्च आउने गरेको बताउँदै उहाँले भन्नुभयो– “एकजना सुरक्षा गार्डको पारिश्रमिक रु सात हजार स्थानीय पचघैया सामुदायिक वन उपभोक्त समूहले बेहोर्दै आए पनि बाँकी खर्च क्लबले व्यवस्था गर्दै आएकोछ ।

रुपातालको किनारस्थित चैनपुर सामुदायिक वन उपभोक्ता समूहको इक्रोघारीमा प्रत्येक वर्ष फुल पारेर चल्ला हुर्काउन साइप्रसबाट विभिन्न जातका चरा आउने गरेको स्थानीय आमा समूहका अध्यक्ष गङ्गा गुरुङले जानकारी दिनुभयो ।

“उपयुक्त वातावरण भएको कारण आउने चराको संरक्षण र आवश्यक वासस्थानको व्यवस्थामा आमाहरु जुटेकोछौ” उहाँ भन्नुहुन्छ “आगन्तुक चराको दृश्यावलोकनका लागि भ्यूटावर निर्माण गरी आन्तरिक एवम् बाह्रय पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।”

सरकारले पर्यापर्यटन प्रवद्र्धनका लागि वन ऐनमासमेत व्यवस्था गरेअनुरुप सामुदायिक वन समूहको कार्ययोजना परिमार्जन गरी सम्बन्धित निकाय र सरकारको समन्वयमा चिडियाखानाको विकास गरिने तयारी भइरहेको जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य अवस्थामा लगभग रु. सात हजार लिएर उडाइने प्याराग्लाइडिङमा गैरकानुनी रुपमा गिद्धको प्रयोग गरी प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिने गरेका बेलाइती नागरिक स्कटबाट उद्धार गरिएका दुईवटा सेतो गिद्ध र तीनवटा चिलको उद्धार गरी सो केन्द्रको जिम्मा लगाइएको हो ।
“लेखनाथका सात तालमध्ये ठूलो बेगनास र दोस्रो ठूलो ताल रुपातालकोबीचमा पर्ने पचघैया, चैनपुर र चिसापानी सामुदायिक वन समूहको कुल एक सय ३४ हेक्टर क्षेत्रफलमा चिडियाखाना निर्माण गरिने” जानकारी दिँदै उहाँले भन्नुभयो “चिडियाखानाभित्र उद्धार केन्द्र निर्माण पश्चात यस क्षेत्रमा घाइते अवस्थामा फेला परेका वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण सहयोग पुगेछ ।”

वि.सं.२०७३ फागुन २७ शुक्रवार १०:३८ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...