back
CTIZAN AD

गौतमको हत्याको नागरिक समाजद्वारा विरोध

वि.सं.२०७३ फागुन २७ शुक्रवार

867 

shares

२७ फागुन,काठमाडौँ  । कञ्चनपुरको पुनर्वासमा बिहीबार भएको गोलीकाण्डको विरोधमा ३० जना लेखक, पत्रकार तथा नागरिक समाजमा अगुवाले विरोध जनाएका छन् ।

उहाँहरुले आज एक विज्ञप्तिमार्फत भारतीय सीमा सुरक्षाबल (एसएसबी) को फौज अनाधिकृत र जबर्जस्ती नेपाल भित्र प्रवेश गरी कञ्चनपुर, पुनर्वासमा अन्धाधुन्द गोली चलाएको, नेपालीको घर तथा पसल लुटेको र गोविन्द गौतमको हत्या गरेको भन्दै विरोध जनाएका हुन् ।

भारतीयको आक्रमणबाट श्याम गुरुङलगायत नेपाली नागरिकका घर, पसल लुटिएको, स्थानीय सुरेश थापा र प्रहरी निरीक्षक राम खत्रीलगायत गम्भीर घाइते भएको उल्लेख गर्दै लेखक तथा पत्रकारले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकमाथि गरेका अत्याचार सहन गर्ने विषय नभएको उल्लेख गरेका छन् ।

मृतकका विषयमा नेपाल सरकारले तत्कालै भारत सरकारसमक्ष प्रष्ट शब्दमा कडा विरोध जनाउनुपर्ने, गौतमका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको राम्रो उपचार तथा लुटिएका र तोडफोड गरिएका धनसम्पत्ति फिर्ता र क्षतिपूर्ति गराउन भारत सरकारसँग तुरुन्तै संवाद अघि बढाओस् भन्ने आग्रहसमेत गरिएको छ ।

यसरी विरोध गर्नेमा आनन्दराम पौडेल, रतन भण्डारी, भरत दाहाल ध्रुवहरि अधिकारी, शारदा भुसाल झा, रतन चन्द, जनकमान डङ्गोल, पुण्य गौतम विश्वास, कमल कोइराला, डा विनोद न्यौपाने, कृष्णराज कोइराला क्रिश, अग्निपुञ्ज हरिचन्द, बाबुसिंह थापा, साध्यबहादुर भण्डारी, रत्नसंसार श्रेष्ठ, डा विष्णुराज उप्रेती, डा भुवप्रसाद त्रिपाठी, इन्द्रप्रसाद न्यौपाने, हीरण्यलाल श्रेष्ठ, यज्ञप्रसाद थपलिया, केशवप्रसाद भट्टराई, डा नीलमकुमार शर्मा, पवन ओझा, डा प्रदीप ढकाल, रामप्रसाद श्रेष्ठ, डा सुरेन्द्र केसी, डा सूर्यराज आचार्य, विमल गौतम र ठाकुर बेल्वासे हुनुहुन्छ । रासस

वि.सं.२०७३ फागुन २७ शुक्रवार १५:१६ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...