
काठमाडौं । थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्किदै छन् ।
नेता पुन पूर्ण स्वस्थ्य भई आज बेलुका पाँच बजे नेपाल फर्किन लागेका हुन् । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्ती पनि सँगै फर्किन लागेकी हुन् ।
नेता पुनले बैंकक र चीनको लामो समयको उपचार आफू पूर्णरुपमा स्वस्थ्य भएर स्वदेश फर्किन लागेको बताएका छन् ।
जण्डिसको गम्भीर प्रकारको समस्या देखिएपछि सुरुमा जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गराइएका पुन थप उपचारका लागि असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा लगिएको थियो । त्यहाँ केही समयको उपचारपछि थप उपचारका लागि नेता पुनलाई मंसिर १० गते चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो ।
नेता पुन फर्किए लगत्तै नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया सुरु हुने बताइएको छ । नेता पुनले पार्टीमा महासचिव पदमा आफ्नो दावी गर्दै आएका छन् ।