back
CTIZAN AD

लामो समयको उपचारपछि आज स्वदेश फर्किदै माओवादी नेता वर्षमान पुन

वि.सं.२०७८ माघ १० सोमवार

744 

shares

काठमाडौं । थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्किदै छन् ।

नेता पुन पूर्ण स्वस्थ्य भई आज बेलुका पाँच बजे नेपाल फर्किन लागेका हुन् । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्ती पनि सँगै फर्किन लागेकी हुन् ।

नेता पुनले बैंकक र चीनको लामो समयको उपचार आफू पूर्णरुपमा स्वस्थ्य भएर स्वदेश फर्किन लागेको बताएका छन् ।

जण्डिसको गम्भीर प्रकारको समस्या देखिएपछि सुरुमा जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गराइएका पुन थप उपचारका लागि असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा लगिएको थियो । त्यहाँ केही समयको उपचारपछि थप उपचारका लागि नेता पुनलाई मंसिर १० गते चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो ।

नेता पुन फर्किए लगत्तै नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया सुरु हुने बताइएको छ । नेता पुनले पार्टीमा महासचिव पदमा आफ्नो दावी गर्दै आएका छन् ।

वि.सं.२०७८ माघ १० सोमवार ०९:१९ मा प्रकाशित

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...