back
CTIZAN AD

रुकुममा ६० जना एचआइभी सङ्क्रमित

वि.सं.२०७३ फागुन २७ शुक्रवार

762 

shares

hiv

रुकुम । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण भने अझै परिवर्तन नभएको पीडितको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३६ जना एचआइभी सङ्क्रमितले खुलेर औषधि सेवन गरिरहेका छन् । बाँकी २३ जनाको अवस्थाका बारेमा भने आफूहरुलाई जानकारी नभएको कार्यालय प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

दुई जना सङ्क्रमित जिल्ला बाहिर रहेको बताइन्छ । संस्थाको तथ्याङ्क अनुसार जिल्लाको मुरु गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेका छन् । यहाँ पुरुष ७ जना र महिला ३ जना गरेर १० जना सङ्क्रमित छन् । उनीहरुले भने औषधि उपचारमा समस्या हुँदै आएको दुखेसो पोख्ने गरेका छन् ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार १५:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...