Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

रुकुममा ६० जना एचआइभी सङ्क्रमित



hiv

रुकुम । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण भने अझै परिवर्तन नभएको पीडितको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३६ जना एचआइभी सङ्क्रमितले खुलेर औषधि सेवन गरिरहेका छन् । बाँकी २३ जनाको अवस्थाका बारेमा भने आफूहरुलाई जानकारी नभएको कार्यालय प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

दुई जना सङ्क्रमित जिल्ला बाहिर रहेको बताइन्छ । संस्थाको तथ्याङ्क अनुसार जिल्लाको मुरु गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेका छन् । यहाँ पुरुष ७ जना र महिला ३ जना गरेर १० जना सङ्क्रमित छन् । उनीहरुले भने औषधि उपचारमा समस्या हुँदै आएको दुखेसो पोख्ने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम