Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

‘आमा पनि पितृसतात्मक सत्ताबाट च्यापिएकी छन्’



shital pande
आमा दिदी बहिनी हो
कति बस्छौ दासी बनी
जुगको सँधै प्यासी बनेर
पक्कै पनि केही वर्ष अगाडी सम्म पनि आमा दिदीबहिनी जुगको प्यासी बनेरै जिइरहेका हुन्थें । दुई चार अक्षर पढ्न पाए पनि समान अवसर कहिलै पाउँदैनथे । तर, आज समय यति बलवान भइसकेको छ  कि समयले तिनै जुगको प्यासी महिलाहरुलाई देशको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको छ ।
अवसर पाउने हो भने पुरुष भन्दा कुनै पनि ठाउँमा महिला कमजोर छैनन् भन्ने नजिर हो राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा महिला पुग्नु । आज एक से एक महिलाहरु सक्षम बनिरहेका छन् । महिलालाई सँधै दोस्रो दर्जाको नागरिक देख्ने पितृसतात्मक राज्य व्यवस्थामा आज तिनै महिलाहरुले राज्य हाँकिरहेका छन् । शिक्षा ,राजनीति, कानुन,संगीत, स्वास्थ्य लगायतका क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता हुँदै गएको छ । त्यसै मध्येकी एक हुन् भगवती पाण्डे ‘शितल’ । नेपाली गीत संगीतको क्षेत्र शितल पाण्डे र कानुनी क्षेत्रमा भगवतीको नामले परिचित पाण्डे लामो संघर्ष र त्यागबाट आफू विस्तारै सफलताको बाटोमा अघि बढिरहेको बताउँँछिन् ।
गुल्मीमा जन्मिएकी भगवतीबाट कसरी बनिन् शितल ? समाजमा महिलाहरुलाई अगाडी बढ्न कतिको गाह्रो छ ? के महिलाहरु साँच्चै कमजोर छैनन् त ?  महिलाका विषयमा के के कानुन बनेका छन् ? यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमले उनै भगवती उर्फ शितल पाण्डेसँग गरेको भलाकुसारी ः
 
कसैको प्रोत्साहनबीनै गीत संगीतमा लागें
मलाई सानैदेखि गीत संगीत मन पथ्र्याे । म विद्यालयमा पढ्दा आफैं गीत लेख्थें अनि जानी नजानी आफ्नै संगीतले गीत गाउँथे ।  जब म  गुल्मीबाट प्रविणता प्रमाणपत्र तह  र बुटवलबाट   विविएस  सकाएर काठमाण्डौं आएँ । त्यसपछि मैले श्रुती संगीत विद्यालयबाट संगीतको क्लास लिएँ । २०७१ सालमा ६ वटा गीत समेटिएको “शितल” एल्वम ल्याएँ । माइतीको आँगनीमा भन्ने तिजको गीत गाएँ । मलाई गीत संगीतमा लाग्नुपर्छ भनेर कसैले प्रोत्साहन गरेको होइन । म स्वतस्फूर्त रुपमा आएको हुँ ।
 
बुबाको प्रोत्साहनले वकिल बने
मेरो बुबा वकिल हुनुहुन्छ । घरमा विभिन्न मान्छेहरु आउँथे । बुबाले गरेको काम र कुराहरुबाट म प्रभावित भएँ । बुबाले गरेका बहसबाट म अत्यन्तै प्रभावित हुन्थें । मलाई पनि त्यसैगरी बहस गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अनि मैले नेपाल ल क्याम्पसबाट एलएलवी गरें । औपचारिक रुपमा अधिवक्ता बनेको अहिले ४ वर्ष भयो ।
 
निदाएर जाग्दा पनि गीत लेख्छु
समय भन्ने कुरा त आफैंले व्यवस्थापन गर्ने हो । यदि मानिसमा इच्छा भयो उपाय त्यही निस्कन्छ । मलाई गीत लेख्न मन लाग्यो भने म निदाए पनि जागेको बेलामा गीत लेख्छु । मैले संगीतलाई नै पहिलो प्राथमिकतामा पारेको छु ।
 
आमालाई पनि पितृसतात्मक सत्ताले च्यापेको छ
छोरीहरुलाई अधिकार दिलाउन परिवारबाटै अभ्यास हुनुपर्छ जस्तो लाग्छ । तर हाम्रो परिवार अँझै पनि दिल खोलेर छोरीलाइृ अधिकार दिलाउने पक्षमा छैन । किनकी हाम्रो समाज पितृसतात्मक राज्यसत्तामा केन्द्रित छ । हाम्रो आमालाई पनि पितृसत्ताले च्यापेको छ । त्यसैले आमाले दिल खोलेर छोरीलाई अधिकार दिने कुरामा बोल्न सक्दिनन् ।
कानुनको दुरुपयोग होइन सदुपयोग हुन्छ
जहिलेपनि कानुनको सदुपयोग हुन्छ । अहिले पनि दुरुपयोग हुँदैन । कोही पनि मानिसले नराम्रो काम गर्छु भनेर भन्दैन । महिलाहरुले कानुनको दुरुपयोग गरे । एउटासँग डिभोर्स गरेर अर्काे सँग विहे गरे भन्ने जति पनि आरोप लाग्ने गर्छन् त्यो केही हदसम्म सहि होला तर सबैमा यो कुरा लागु हुँदैन । सहरका दुई चार जना महिलाहरुले यस्तो गरे होलान् तर काननु त आम महिलाहरुको लागि बनेको हो । दुर दराजका पीडित महिलाहरुको लागि बनेको हो ।
 
महिलाले महिलालाई अघि बढ्न दिन्न भन्ने कुरा गतल हो
महिलाले महिलालाई अघि बढ्न दिन्न भन्ने जुन आरोप छ त्यसमा चाँही के हो भने पितृसतात्मक सोंच आमाहरुमा पठाइएको छ, सिकाइएको र भराइएको कुरा हो । पुरुषलाई वायस गरेर कुरा गर्ने भन्दा पनि महिला पुरुष बराबर हो भनेर महिलाहरु अगाडी बढ्नु आजको आवश्यकता छ । हामी आफू पनि सम्मानित हुने र पुरुषलाई सम्मान गर्ने बानीको विकास गराउनु पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको