back
CTIZAN AD

यत्रो संख्यामा यात्रु राख्ने अनुमति कसले दियो ?

वि.सं.२०७३ फागुन २८ शनिवार

636 

shares

२८ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भेरी व्यरोले प्रेस वक्तव्य जारी गर्दै जाजरकोटमा भएको बस दुर्घटनाका सन्दर्भमा घटना बारे छानिबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ । इन्चार्ज जीवनद्वारा जारी वक्तव्यमा क्षमता भन्दा बढी यात्रु राखेका राखेका कारण दुर्घटनामा ठूलो क्षति भएको बताएको छ ।

जारी विज्ञप्ती यस्तो छ :
“जाजरकोट जिल्ला सदरमुकाम नजिकै हिजो दिउँसो फेरी अर्को अकल्पनिय र त्रासदिपूर्ण बस दुर्घटना भएको छ । त्यसमा सवार २६ जना यात्रुहरुको निधनले हामीलाई स्तब्ध बनाएको छ । हाम्रै जाजरकोटमा यस्तै कहालीलाग्दो दुर्घटनाबाट पिडित जाजरकोटी जनताहरुको दिलमा परेको भयानक घाउमा खाटा बस्न नपाउँदै फेरी उही प्रकृत्तिको दुर्घटनाले जाजरकोटी जनतामा अर्को बज्रपात परेको छ । सर्वप्रथम यो विपदको घडिमा यस दुर्घटनामा ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यस दुर्घटनाबाट आफ्नो सहारा गुमाउनु हुने शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

यस्तैखाले अविराम विपद कहिलेसम्म ब्येहोर्नु पर्ने हो हामी उपेक्षित जनताले ? किन यति ठुलो खेलवाड गरिन्छ निरीह जनताको जिवनसँग ? के यस्ता दुर्घटना न्यूनिकरण गर्नै नसकिने, अवस्यम्भावी कुरा हो ? यस्तै यस्तै जिज्ञासाहरु हाम्रा भावविह्रवल मनभित्र पैदा भइरहेका छन् । बताइरहनु पर्दैन कि जबसम्म यो देशमा व्यथिति, विकृति, भ्रष्टाचार र अव्यवस्था कायम रहन्छ तबसम्म हामी यो नियति ब्यहोर्न बाध्य हुनेछौ । यो दलालहरुको भद्दा संसदीय व्यवस्थामा दलालहरुलाई निर्वाध रुपले जनतालाई लुट्ने जति स्वतन्त्रता छ जनतालाई त्यो लुटबाट जोगिने कुनै स्वतन्त्रता छैन । किन कि विद्यमान बाटो (सडक)सुधार गर्ने, प्रमिट जारी गर्ने आदि अधिकार जनतामा छैन । हिटलरका ग्याँस च्याम्बर जस्तै गाडीहरुमा कुनै निश्चित अट्ने संख्या तोकियको हुँदैन । सडकमा भएजति यात्रुहरुलाई गाडीमा कोच्ने प्रयाप्त सुबिधा छ गाडी मालिकहरुलाई । त्यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र छैन राज्यसँग, छ त केवल देखावटी मात्रै । ति त केवल पैसामा किनिन्छन् र बेचिन्छन् । यो जनता माथिको ठुलो खेलवाड हो ।

राज्यसँग इच्छा शक्ति भएमा सडक दुर्घटना न्युनिकरणकालागि वैज्ञानिक तरिकाले सडक निर्माण अनि मर्मत सुधार गर्न सक्छ । यिनका ज्यानमारा साधानभित्र यात्रुहरुलाई भेडाबाख्रासरी कोच्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने नियम र संयन्त्र छ भन्छन् शाषकहरु लाज नमानिकन । गाडी मालिकहरुलाई यात्रुलाई लुट्न जति सुविधा छ त्यत्तिकै सुविधा चालकसँग छ । दुर्घटनाको अर्को कारण चालकको मनोमानी र लापर्वाही जिम्मेदार छन् । त यी कुराहरुलाई नियन्त्रण गर्न राज्यका मालिकदेखि कारीन्दासम्म किन गैरजिम्मेवार छन् ? कुरा प्रष्ट छ यी ज्यानमारा शाषकहरुलाई जनताका नाममा लुट मच्चाउँदैमा ठिक्क छ र जनताका विषयमा सोच्नेसम्म फुर्सद छैन । यी दलालहरु यस्ता त्रासदीपूर्ण दुर्घटनामा गोहीको आँसु झारे झैं खुब सम्वेदनशिल देखिन्छन् तर पलभरमै विर्सने गर्छन् । त्यसको ज्वलन्त उदाहरण ४२ सिट क्षमताको गाडीमा २६ जनाको मृत्यु हुन्छ र ३६ जना घाइते हुन्छन् । भन ज्यानमाराहरु यत्रो संख्यामा यात्रु राख्ने अनुमति कसले दियो ? खै तिम्रा नियम कानुन अनि संयन्त्रहरु ? यो ज्यादै संवेदनशिल र गम्भिर कुरा हो ।

अन्तमा यो राज्यको गैर जिम्मेवारपनबाट घटेको यो दुर्घटनाको निश्पक्ष छानबिन गरी कडा कार्वाही गरियोस् । साथै मृतकहरुका परिवारलाई उचित क्षतिपुर्ति तथा घाइतेहरुको पुर्ण उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् । अन्यथा दोषीहरुलाई जनअदालतको कठघरामा उभ्याई कडा कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी बाध्य हुनेछ । पुनः यो अकल्पनीय र असिम पिडाको क्षणमा मृतकहरुप्रति श्रद्धा सुमनकासाथ पिडित संपूर्णमा हार्दिक समवेदना व्यक्त गर्दछु । ”
मिति : २६ फागुन, २०७३
……….
(जीवन)
इञ्चार्ज

वि.सं.२०७३ फागुन २८ शनिवार ०४:५४ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...