back
CTIZAN AD

यति बेला उनीलाई 

वि.सं.२०७३ फागुन २८ शनिवार

1K 

shares

yati-bela-uniliसुमुधुर स्वरका गायक नारायण धितालको अर्को म्युजिक भिडियो “यति बेला उनीलाई म्युजिक नेपालको युट्युब च्यानल बाट रिलिज भएको छ।

बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेम प्रसंग र प्राणघातक क्यान्सर रोग लागेर श्रीमती गुमाउनुको पीडालाई निकै मार्मिक ढंगले कथानक रुपमा प्रस्तुत गरिएको छ। थकित यात्रीको शब्द , गायक धितालकै संगीत र महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको भिडियो हाल स्कटल्याण्डमा रही नेपालका चर्चित गायकहरुको म्युजिक भिडियो समेत बनाएका अनुभवी निर्देशक दिपेश रेग्मीले निर्देशन गरेका छन्।

उक्त म्युजिक भिडियोमा गायक नारायण धिताल, शान्ति भट्ट, शिवम धिताल र सुदर्शन घिमिरेको अभिनय रहेको छ। हाल बेल्जियम रहेका गायक धितालले अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए। म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो https://www.youtube.com/watch?v=xvknH_bgWLk मा हेर्न सकिन्छ।

वि.सं.२०७३ फागुन २८ शनिवार ०५:०० मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...