Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए महिला फोरमद्वारा महिलाको आङ खस्ने समस्याको उपचार



nrna-mahila-forum-1गैरआवासीय नेपाली संघ महिला फोरम र नवजिवन अस्पतालको संयुक्त पहलमा नेपालको सुदुरपश्चिम जिल्ला डोटिको दुई गाविस दौडमा ५ मार्च र तौलनीमा ६ मार्चका दिन महिलाको आङ खस्ने सम्बन्धि निशुल्क स्वास्थ्य शिविर र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

संचालन गरिएका दुवै कार्यक्रममा महिला फोरमका संयोजक सपीला राजभण्डारी र महिला उपसंयोजक रजनी प्रधानले महिला फोरमका गतिविधि बारे जानकारी गराउनु भयो । नवजिवन अस्पतालका स्त्रि रोग विशेषज्ञ डा जयराम केसीको टोलिमा रहेका ६ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । उक्त टोलिले स्वास्थ्य परिक्षणका साथै पाठेघर समस्याका बारेमा परामर्श सेवा प्रदान गर्नु भएको थियो ।दौड गाविस र तौलनी गाविस स्वास्थ्य चौकिको सहयोगार्थ संचालन गरिएको यस शिविरमा दौड गाविसमा १०० र तौलनी गाविसमा २०० जना महिलाहरुको सहभागीता रहेको थियो । परिक्षण गर्न आएका प्रायजसो महिलाहरु चाहिने भन्दा कम तौल भएका र हाडजोर्नी दुख्ने समस्याबाट पिडित रहेका थिए । उनीहरुलाई चाहिने आवश्यक औषधिहरु निशुल्क रुपमा वितरण गरिएको थियो ।

nrna-mahila-forum-2दुवै शिविरमा परिक्षण गर्न आएका मध्ये पाठेघरको समस्या भएका ४२ जना महिलाहरुलाई शल्यक्रियाको लागि चयन गरियो । यी चयन गरिएका पाठेघर समस्याबाट पिडित महिलाहरुलाई आवश्यक परिक्षण पश्चात मार्च ८ र १० का दिन नवजिवन अस्पताल, धनगढीमा शल्यक्रिया गरिने छ। यस दौरान स्वास्थ्य शिविरमा परिक्षण गर्न आएको सबै महिलाहरुलाई गैरआवासीय नेपाली संघ महिला फोरमको स्वास्थ्य सफाइ सम्बन्धी कोसेली उपलब्ध गराईएको थियो ।

यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गरि स्वास्थ्य सेवा प्रदान गरेकोमा त्यहांका गाविसका स्वास्थ्य चौकी, स्वयंम सेवक र गाउंका बासिन्दाहरुले गैरआवासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गरेका छन् ।
महिलाहरुका लागि निशुल्क स्वास्थ्य सम्बन्धी शिविरमा धनगढीमा स्थापित रहेको नवजिवन अस्पतालका चिकित्सक टोलीले सक्रिय रुपमा कार्य सम्पादन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यस निशुल्क स्वास्थ्य शिविर टोलिमा स्त्रीरोग रोग विशेषज्ञ डा। जयराम
के।सीको नेतूत्वमा ध्रुव ओझा लगायत ६ जना स्वास्थ्यकर्मीहरु, गैरआवासीय नेपाली संघ महिला फोरमका महिला संयोजक सपीला राजभण्डारी, महिला उपसंयोजक रजनी प्रधान र गैरआवासीय नेपाली संघ सचिवालयका प्रतिनिधि संगीता अवालेको सहभागीता रहेको थियो ।

स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न 

गैरआवासीय नेपाली संघ महिला फोरमले निम्न विद्यालयहरुमा ५ र ६ मार्च २०१७ मा करिव ८००
विद्यार्थीहरुको लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गर्यो :

· श्री जनता जनार्दन उच्च मावि, दौड गाविस, डोटी

· श्री भवानी मावि, तौलनी गाविस, डोटी

· श्री सरस्वती उच्च मावि, धनगढी, कैलाली

· श्री महिला तथा बालबालिका सेभ हाउस, अत्तरिया, कैलाली

यसमा स्वास्थ्य सचेतना सम्बन्धि जानकारी नवजिवन अस्पलताका चिकित्सक डा  जयराम के सी र स्वास्थ्यकर्मी ध्रुव ओझाले दिनु भएको थियो । यसका साथै महिला विद्यार्थीहरुलाई महिनावारी र यसको अवस्था बारे जानकारी गराईएको थियो । महिला फोरमका प्रतिनिधिहरु महिला संयोजक सपीला राजभण्डारी र उपसंयोजक रजनी प्रधानले गैरआवासीय नेपाली संघ महिला फोरमका गतिविधिहरु बारे जानकारी गराउनु भयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफा रहौं, स्वस्थ्य बनौं भन्ने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ महिला फोरमको स्वस्च्छ कोसेली वितरण गरिएको थियो । उक्त कोसेलीमा व्यक्तिगत सरसफाईका लागि प्रयोग हुने – काइयो, मन्जन, दात माझ्ने ब्रस, नेलकटर, रुमाल, नुहाउने साबुन र महिलाहरुलाई थप स्यानेटरी प्याड राखिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम