back
CTIZAN AD

चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा देश बिदेशमा

वि.सं.२०७३ फागुन २८ शनिवार

882 

shares

movie-parbaयूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत हत्पत्त चलचित्रमा हात हाल्दैनन । उनि निकै गम्भीर तथा घोत्लिएर राम्रो चलचित्र बनाउने ध्येयमा हुन्छन । चलचित्र नै बनाए पछि दर्शकले मन पराउने र नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले यस पटक फरक किसिमको चलचित्रमा निर्देशन दिदै छन् ।

नया स्वाद र नया कथामा चलचित्र पस्किदा दर्शकले मन पराई दिने कुरामा बिश्वस्त रहेका छन् । प्राय प्रेम कथामा आधारित चलचित्र बनाउने उनि यस पटक मानसिकता परिवर्तन गरि फरक प्रस्तुति दिने हेतुले सन्देह (सस्पेन्स) तथा सनसनीयुक्त (थ्रिलर) नेपाली चलचित्र ‘पर्व’ मा निर्देशनमा व्यस्त छन् । उनको उक्त पर्व चैत्र को अन्तिममा आउने तयारी जुटेका छन् भने दिनेश द्वारा निर्देशित चलचित्रहरु ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ सफलता पूर्वक चलेका हुन् ।  यो पर्व चलचित्र देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेको छ ।

पर्व चलचित्रमा एउटा पर्वमा घटेको घटना पछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स (सन्देह) शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले बताए । राउतका चलचित्र अहिलेका पिढीलाई ज्यादा केन्द्रित गर्दै अंग्रेजी नाममा साईत जुरेता पनि यस पटक नेपाली नाम पर्व जुरेको छ ।

चलचित्र मा अभिनय भन्दा छानेर चलचित्र खेल्ने र क्लासिक चलचित्रमा पुरस्कार हात पारेकी अभिनयमा खारिदै गएकी नायिका नम्रता श्रेष्ठ तथा नायक कोशिश क्षेत्री लाई लिएर ‘पर्व’ निर्माणाधीन अवस्थामा रहेको छ ।

‘पर्व’ टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माणाधीन अवस्थामा रहेको छ । कलाकारहरुमा पहिलो पटक चलचित्रमा अभिनय पाएका श्रीयन्स तिमिल्सिनाको बाल कलाकारको भूमिका रहेको छ । पाठशाला जाने र गृह कार्य गर्नु पर्ने अवस्थामा समय व्यवस्थापन गरेर बाल कलाकारको भूमिका खेल्न पाउँदा श्रीयन्स दंग परेका छन् । र अन्य कलाकारहरुमा माला लिम्बु, अमितेष शाह, प्रिया रिजाल, जेबिका कार्की, केशव भट्टराई आदी रहेका छन् ।

कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रहने छन् ।

निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिने छन् । यस चलचित्रको गीत काले दाईले निकै लोकप्रियता हासिल गरेको छ ।

वि.सं.२०७३ फागुन २८ शनिवार ०५:२९ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...