back

चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा देश बिदेशमा

वि.सं.२०७३ फागुन २८ शनिवार

417 

shares
GLOBAL IME AD
NTC AD

movie-parbaयूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत हत्पत्त चलचित्रमा हात हाल्दैनन । उनि निकै गम्भीर तथा घोत्लिएर राम्रो चलचित्र बनाउने ध्येयमा हुन्छन । चलचित्र नै बनाए पछि दर्शकले मन पराउने र नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले यस पटक फरक किसिमको चलचित्रमा निर्देशन दिदै छन् ।

नया स्वाद र नया कथामा चलचित्र पस्किदा दर्शकले मन पराई दिने कुरामा बिश्वस्त रहेका छन् । प्राय प्रेम कथामा आधारित चलचित्र बनाउने उनि यस पटक मानसिकता परिवर्तन गरि फरक प्रस्तुति दिने हेतुले सन्देह (सस्पेन्स) तथा सनसनीयुक्त (थ्रिलर) नेपाली चलचित्र ‘पर्व’ मा निर्देशनमा व्यस्त छन् । उनको उक्त पर्व चैत्र को अन्तिममा आउने तयारी जुटेका छन् भने दिनेश द्वारा निर्देशित चलचित्रहरु ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ सफलता पूर्वक चलेका हुन् ।  यो पर्व चलचित्र देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेको छ ।

पर्व चलचित्रमा एउटा पर्वमा घटेको घटना पछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स (सन्देह) शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले बताए । राउतका चलचित्र अहिलेका पिढीलाई ज्यादा केन्द्रित गर्दै अंग्रेजी नाममा साईत जुरेता पनि यस पटक नेपाली नाम पर्व जुरेको छ ।

चलचित्र मा अभिनय भन्दा छानेर चलचित्र खेल्ने र क्लासिक चलचित्रमा पुरस्कार हात पारेकी अभिनयमा खारिदै गएकी नायिका नम्रता श्रेष्ठ तथा नायक कोशिश क्षेत्री लाई लिएर ‘पर्व’ निर्माणाधीन अवस्थामा रहेको छ ।

‘पर्व’ टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माणाधीन अवस्थामा रहेको छ । कलाकारहरुमा पहिलो पटक चलचित्रमा अभिनय पाएका श्रीयन्स तिमिल्सिनाको बाल कलाकारको भूमिका रहेको छ । पाठशाला जाने र गृह कार्य गर्नु पर्ने अवस्थामा समय व्यवस्थापन गरेर बाल कलाकारको भूमिका खेल्न पाउँदा श्रीयन्स दंग परेका छन् । र अन्य कलाकारहरुमा माला लिम्बु, अमितेष शाह, प्रिया रिजाल, जेबिका कार्की, केशव भट्टराई आदी रहेका छन् ।

कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रहने छन् ।

निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिने छन् । यस चलचित्रको गीत काले दाईले निकै लोकप्रियता हासिल गरेको छ ।

वि.सं.२०७३ फागुन २८ शनिवार ०५:२९ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

लोप हुँदै हुड्के नाच

लोप हुँदै हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको...

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार...

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग...